लुम्बिनीको विशेष अधिवेशन आह्वानविरूद्धको रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश दिन अस्वीकार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रदेश सभाका सदस्य लीला गिरिले दायर गरेको रिटमाथि बुधवार सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै संवैधानिक इजलासमा पठाएको हो । 'प्रदेश सरकारको गठन तथा मुख्यमन्त्रीको नियुक्ति,पुनः नियुक्ति, प्रदेश सभाको आह्वान र अन्त्य, अविश्वासको प्रस्ताव पेश र छलफलको विषयलगायत नेपालको संविधानको धारा १६८ तथा १८८ समेतको व्याख्याको गम्भीर संवैध...