आँधी आएपछि अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा

काठमाडौं – आँधीका कारण क्षति हुन सक्ने भन्दै अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा गरिएको छ । भर्जिनियाका गभर्नर ग्लेन योङकिनले भोलिदेखि आँधीको प्रभाव पर्नसक्ने भन्दै आपत्कालको घोषणा गर्नुभएको हो । यसअघि उत्तर र पश्चिम क्यारोलिनासँगै जर्जियामा पनि आपत्काल घोषणा गरिसकिएको छ। यो आँधीका कारण विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र गतिको हावाहुरी चल्दा विजुली गएको छ। […]