अफगान सरकारसँग तालिबानको प्रस्तावः ७ हजार तालिबान कैदी रिहा गरे तीन महिना शान्ति

एजेन्सी। अफगानिस्तानको ८५ प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेको इस्लामिक समूह तालिबानले नयाँ प्रस्ताव अघि सारेको छ। तालिबानले अफगानी सरकार समक्ष सारेको प्रस्तावमा तीन महिना शान्ति कायम गर्न आफ्ना सात हजार कैदी रिहा गर्नुपर्ने उल्लेख छ। आफ्ना ७ हजार केदी विभिन्न जेलबाट रिहा नभए संघर्ष जारी राख्ने तालिबानले जनाएको छ। विशेषज्ञहरुले तालिबानको यो प्रस्तावमा ठूलो रणनीति लुकेको बताएका छन्।