लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ   : स्वास्थ्य मन्त्रालय

पुस २७, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई ध्यानमा राख्दै गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ ।             संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ । संक्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो ।             पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका संक्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ संक्रमित देखिएका छन् । साथै नेपालमा हाल ७ हजार ८५५ सक्रिय संक्रमित पुगेका छन् । यसरी अहिले दैनिक संक्रमित हुनेको बढिरहेको छ ।             संक्रमण दर बढ्दै             संक्रमण दर पनि वृद्धि भएको छ । पुस १९ गते कुल परीक्षणमध्ये २ दशमलव ६ प्रतिशतमा रहेको संक्रमण पुस २६ गते कुल परीक्षण गरेकोमध्ये १२ दशमलव ७ प्रतिशतमा संक्रमण पुगेको छ । यस्तै पुस २५ गते कुल परीक्षण गरेकोमध्ये ९ दशमलव २ प्रतिशतमा संक्रमण दर रहेको थियो ।             यसैगरी पुस २० गते ४ दशमलव २ प्रतिशत, पुस २१ गते ४ दशमलव ३ प्रतिशत पुस २२ गते ४ दशमलव ५ प्रतिशत, पुस २३ गते ६ दशमलव ५ प्रतिशत, पुस २४ गते ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको थियो ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी (लकडाउन) को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन ।             मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । उनका अनुसार बन्दाबन्दी बारेमा छलफल नै भएको छैन ।         मन्त्रालयले जुन क्षेत्रमा संक्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उनका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति संक्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ ।   मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन ५ लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पु¥याइरहेको बताए।             ओमिक्रोन भेरियन्ट रोकथामको तयारी             सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोखिम हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी यूनिट (एचडीयू), भेन्टिलेटर, आईसोेलेशनको तयारी अवस्थामा राखेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । रासस  

सम्बन्धित सामग्री

बझाङमा आजदेखि स्मार्ट लकडाउन

बझाङ : कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न बझाङमा स्मार्ट लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि लागु हुनेगरी स्मार्ट लकडाउन गरेको हो।कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसी)‚ गृह मन्त्रालयको निर्देनशन र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो।स्मार्ट लकडाउनको अवधिमा नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, पटके

डडेल्धुरामा स्मार्ट लकडाउन

डडेल्धुरा । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरा जिल्लामा सोमबार मध्यराति १२ बजेदेखि स्मार्ट लकडाउन जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन जारी हुने जनाएको छ । कोरोना महामारीको संक्रमण रोक्न स्मार्ट लकडाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । […] The post डडेल्धुरामा स्मार्ट लकडाउन appeared first on राजधानी राष्ट्रिय दैनिक.

डडेल्धुरामा ‘स्मार्ट लकडाउन’

डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु हुने जनाएको छ ।  कोभिड–१९ को...

दाङमा ‘स्मार्ट लकडाउन’

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि दाङमा ‘स्मार्ट लकडाउन’ गरिएको छ । जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख...

अब गाउँ टोलमा पनि ​स्मार्ट लकडाउन हुन सक्ने

सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम […]

आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’

काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता उपत्यकामा स्मार्ट लकडाउन सुरु गरेका हुन् […]

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

अब स्मार्ट लकडाउन

काठमाडौं। कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ। अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेकाे हाे।

अब स्मार्ट लकडाउन

काठमाडौं। कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ। अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेकाे हाे।