न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौँ– न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार दिउँसोका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो । न्यायापरिषद् सचिवालयका प्रवक्ता मानवबहादुर कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् । न्याय सेवा आयोगका सदस्य लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौँ बाहिर भएकाले बैठक स्थगित भएको जनाइएको छ । […]