कृषकलाई बाली भित्र्याने चटारो, मतदाता भेट्न उम्मेदवार खेतवारीमा

म्याग्दी । जिल्लाको उपल्लो भेगमा कोदो र तल्लो क्षेत्रका धान पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकासम्म नै कोदो टिप्न कृषकहरु बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतबारीसम्मै पुग्न थालेका हुन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला घरदैलो अभियानमा जुटेका छन् […]