आज र भोलि देशभरकै मौसम बदली : केही ठाउँमा ठूलो वर्षाको सम्भावना, पर्सिदेखि मौसम खुल्दै जाने

काठमाण्डाै - देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो । यस्तै, भोलि कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । भोलि पनि...

सम्बन्धित सामग्री

मौसम बदली : छिटपुट वर्षा र हावाहुरीको सम्भावना

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ । दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज बि...

देशभरकै मौसम बदली

आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् […]

मौसम बदली : सुदूरपश्चिमका केही ठाउँमा अतिभारी वर्षाको सम्भावना

९ असोज, काठमाडौं । आज पनि मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ […]

आज पनि मौसम बदली, देशका विभिन्न ठाउँमा भारी वर्षा

७ असोज, काठमाडौं ।आज पनि मौसम बदली भएको छ । मौसम आंशिकदेखि  सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । […]

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको […]

सोमबारसम्म देशभरको मौसम बदली हुने

काठमाण्डाै – आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ ।विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । यो न्...

बिहीबारदेखि फेरि मौसम बदली

बिहीबारदेखि फेरि मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशभरका मौसम बदली हुने सम्भावना रहेको बताएको छ ।मौसमविद् वरुण पौडेलले मौसम बदली भएपछि पहाडी क्षेत्रमा सामान्य वर्षा हुने अन्य क्षेत्रमा वर्षाको सम्भावना नभएको बताए । ‘उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]

मंगलबारदेखि मौसम बदली

मंगलबारदेखि फेरि मौसमी प्रणालीमा परिवर्तन भई मौसम बदली हुने पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार रातिबाट नै पस्ने र बुधबार सुदूरपश्चिममा र बिहीबार उपत्यकामा वर्षाको सम्भावना छ । “सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको […]

सोमबारसम्म मौसम बदली हुने

मौसम बदली सोमबारसम्म भए पनि ठूलो वर्षा नहुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार ३ दिनसम्म मौसम सफा नरहे पनि ठूलो वर्षाको सम्भावना छैन । मनुसन भने अक्टोबर पहिलो सातासम्म नै सक्रिय रहनेछ ।महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित […]

आज देशका अधिकांश क्षेत्रमा मौसम बदली हुने

काठमाडौं।आज देशभर मौसम बदली भई केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवात यास् पश्चिमउत्तर सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थान र अन्य प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भईरहेको छ। प्रदेश–१ को तराई र प्रदेश–२ को केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको छ।