पर्यटकीय पूर्वाधार निर्माणमा अगाडि भीमदत्त नगरपालिका

कञ्चनपुर : पर्यटन प्रवर्द्धन गर्न भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ। नगरपालिकाले ५ वर्षमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै केही नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको छ।‘पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागमन बढाएका छौं,’ नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘नगर पर्यटन विकास समिति गठन गरि पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्‍याएका छौं।’ उनका अनुसार ७७ वटै जिल्लाको प्रतिनि

सम्बन्धित सामग्री

महेन्द्रनगरको फुटपाथ खाली गराउँदै भीमदत्त नगरपालिका

कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ खाली गराउन सुरु गरेको छ। महेन्द्रनगर बजार क्षेत्रका केही व्यवसायीहरुले फुटपाथ मिचेर सामान राख्नेदेखि भौतिक संरचना निर्माण गर्नेसम्मका कार्य गरेपछि खाली गर्न सुरु गरिएको...

भीमदत्त नगरपालिका १८ मा डिजिटल माध्यमबाट सेवा सुरु

कञ्चनपुर भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले डिजिटल माध्यमबाट सेवा सुरु गरेको छ। भीमदत्त नगरपालिका १८ नम्बर वडाले डिजिटल माध्यमबाट सेवा सुरु गरेको हो। १ साउन चालु आर्थिक वर्ष २०८०/०८१ देखि वडा...

भीमदत्त नगरपालिका: स्वास्थ्य स्वयंसेविकालाई साइकल

कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ।सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो।

एकीकृत तरकारी बजार निर्माण गर्दै भीमदत्त नगरपालिका

दोधारा-चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गर्दै छ । नगरपालिकाले रू. साढे ५ करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिए । ‘कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्,’ उनले भने, ‘१५० ओटा सटर निर्माण भइरहेका छन्, त्यसमै शीतभण्डारसमेत निर्माण हुन्छ ।’ उनले दुई प्याकेजमा ठेक्का सम्झौता भई काम भइरहेको बताए । उनका अनुसार २०७७ साउन २५ मा रू. १ करोड ७० लाखमा एमडी ग्रूप प्रालिसँग २०७९ असार २० मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । समयमा काम सम्पन्न हुन नसक्दा अहिले उक्त कम्पनी म्याद थप प्रक्रियामा छ । त्यसैगरी २०७७ जेठ ११ मा रू. ३ करोड ९९ लाखमा एमके नीरज निर्माण कम्पनीसँग २०८० जेठ ११ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । उक्त निर्माण कम्पनीले काम गरेको रकम भुक्तानी नपाउँदा हाल निर्माणको काम प्रभावित बनेको छ । ‘नगरपालिकासँग बजेट नहुँदा निर्माण व्यवसायीको काम गरेको भुक्तानी गर्न सकिएको छैन,’ इञ्जिनीयर भट्टले भने, ‘निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम प्रभावित बनेका छ ।’ यहाँका स्थानीयले भने नगरपालिकाले निर्माण गर्न लागेको तरकारी बजारले कृषकलाई सहयोग पुग्ने बताएका छन् । स्थानीय महेश जोशीले किसानका लागि अहिले ‘कोल्डस्टोर’ को आवश्यकता भएकाले कोल्डस्टोर निर्माण गरिनुपर्ने बताए । ‘सबै किसिमका कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुनु राम्रो हो,’ उनले भने, ‘अहिलेको आवश्यकता कोल्डस्टोर हो, यसले किसानलाई धेरै फाइदा पुग्छ ।’ महेन्द्रनगरस्थित सब्जीमण्डीमा तरकारीको व्यवसाय गरिरहेका किशोर सुनारले कोल्डस्टोरको सुविधा नहुँदा किसानको उत्पादन खेर गइरहेको बताए । ‘अहिले यहाँको स्थानीय टमाटर प्रतिकिलो रू. १० का दरले बिक्री भइरहेको छ,’ उनले थपे, ‘यहाँको उत्पादन सकिएपछि मूल्य बढ्छ, त्यसैले अहिले उत्पादन भएको तरकारी कोल्डस्टोरमा राख्न सके उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्छ ।’ मौसमका बेला प्रशस्त तरकारी उत्पादन हुने कञ्चनपुरमा हालसम्म एउटा पनि कोल्डस्टोर छैन । -रासस

भीमदत्त नगरपालिका १ मा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी समाजवादीका कमल बहादुर विष्टलाई ४६६  मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।  कुँवरले...

भीमदत्त नगरपालिका : ९७ पदका लागि साढे चार सयको उम्मेदवारी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा ९७ पदका लागि झण्डै साढे चारले उम्मेदवारी दर्ता गराएका छन । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दुई दिन गरेर चार सय ४६ जनाले विभिन्न पदमा...

ठेकेदारले तिरेन १४ करोड राजश्व, कानुनी उपचार खोज्दै भीमदत्त नगरपालिका

कञ्चनपुर : महाकाली नदीमा ४ लेनको पुल निर्माण गरिरहेको ठेकेदार कम्पनीले रोयल्टी तिर्न आनाकानी गरेपछि भीमदत्त नगरपालिका कानुनी उपचार खोज्न थालेको छ। त्यसका लागि नगरपालिकाले आफ्ना कानुनी सल्लाहकारसहित कानुन व्यवसायीसित छलफल अघि बढाएको छ।‘महाकाली पुल निर्माण कम्पनीले बुझाउनु पर्ने राजस्व नतिर्ने मनशायले अनेक तिकडम गरेर अड्डा अदालत धाएर पनि राजश्व बुझाएको छैन,’ भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भने, ‘धेरै प्रयास गर्‍यौँ, मतलब गरेको छैन। अब कानुनी बाटोमा जा

कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ

धनगढी । कञ्चनपुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कको एक होटेलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिंह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका–८ बस्ने २६ […]

भीमदत्त नगरपालिका बीउ प्रशोधन केन्द्र निर्माण

असार ३०, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बीउ प्रशाोधन केन्द्र निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कञ्चनपुर र उदयदेव बहुउश्द्देयीय सहकारीको सहकार्यमा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको हो । केन्द्रको बुधवार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्धघाटन गरेका हुन् । बीउ प्रशोधन केन्द्रको उद्धघाटन गर्दै नगर प्रमुख विष्टले कृषिलाई आधुनिकिरण, व्यवसायिकरण र यान्त्रीकरण गर्नुपर्ने आवश्यक रहेको बताए । ‘नगरपालिकाले प्रत्येक वर्ष अनुदानमा बीउ वितरण गर्दै आइरहेको छ ।’ उनले भने ‘उत्पादनका लागि बीउ नै प्रमुख कुरा हो, प्रशोधन केन्द्र निर्माण भइसकेपछि स्थानीय स्तरमै गुणस्तरीय बीउ उत्पादन हुन्छ, यसले कृषि विकासमा सहयोग पुग्छ ।’ साथै कृषिमा आत्मनिर्भर बन्नका लागि व्यवसायिकरणमा जोड दिने र जग्गा खण्डीकरणलाई रोक्नु पर्ने उनको सुझाव छ । त्यस्तै भुमी बैंक र भुउपयोग नीतिको समेत आश्यकता रहेको उनले औल्याए । प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना कञ्चनपुरकी प्रमुख सञ्जु रिमालले कृषिको विकासका लागि बीउ प्रशोधन केन्द्र अत्याआवश्यक रहेको बताइन् । जिल्लामा चार ओटा बीउ प्रशोधन केन्द्र निर्माण भएको बताउँदै परियोजना कार्यालय प्रमुख रिमालले उन्नत बीउ उत्पादन गर्नसके यस क्षेत्रको कृषि विकासमा सहयोग पुग्ने बताइन् ।  कृषिमा आधुनिकिकरण र व्यवसायिकरणका लागि केन्द्रको निर्माण गरिएको उदयदेव बहुउश्द्देयीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताए । उनका अनुसार ८१ लाख ४३ हजार लागतमा निर्माण गरिएको बीउ प्रशोधन केन्द्रमा सहकारीले ४३ लाख १० हजार र परियोजनाले ३८ लाख ३२ हजार लगानी साझेदारी गरेका छन् ।  केन्द्रमा सीड ग्रेडर, सीड ट्रिटर, ईलिभेटर, बोरा सिउने मेसिन, बीउ स्याम्पलर, जोख्ने मेशिन, काठको फ्लाक लगायतका सामग्री राखिएको छ भने कार्यालय भवन पनि छुट्टै निर्माण गरिएको छ । सहकारीले गत वर्षबाट कष्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएकोमा ८०० भन्दा बढी किसानलाई सेवा दिएको कार्यकारी अधिकृत चन्दको भनाइ छ । साथै सहकारी कृषिले कृषि यन्त्र थप गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिएको छ । सहकारी शेयर सदस्यलाई उत्पादन र कृषिसँग जोड्दै आत्म निर्भर बनाउने नीति लिएको छ ।  त्यस्तै सहकारीका अध्यक्ष पूर्ण बहादुर चन्दले प्रशोधन केन्द्रबाट गुणस्तरिय बीउ उत्पादन गर्ने बताए । उनले जमिन लिजमा लिएर भएपछि ठूलो क्षेत्रफल एकै किसिमले बाली लगाउन सके बीउ उत्पादनमा सजिलो हुने बताए ।