युद्धको नयाँ युग शुरू, प्रयोग गर्न थालिए सशस्त्र ड्रोन

संसारका युद्धको तरिका बदलिन थालेको छ । पहिलेपहिले लडाइँमा ड्रोन सैन्य महाशक्तिहरूले मात्र गर्ने गर्थे । तर अब यो विद्रोही र साना मुलुकहरूले समेत उपयोग गर्न थालेका छन् ।  ड्रोनलाई युद्धको प्रतिष्ठित प्रतीक तबदेखि मान्न थालियो जबदेखि त्यसमा हेलफायर मिसाइल जडान गरियो ।  त्यसपछि आएको रीपरलाई हन्टर किलर ड्रोनका रूपमा विकसित गरियो । यसअघिका ड्रोनहरूभन्दा यसको रेन्ज धेरै छ । अनि यसले बढी तौल भएका सैन्य उपकरण पनि लैजान सक्छ ।  यी किलर ड्रोनहरूलाई अमेरिकाले शत्रुमाथि निशाना लगाउनका लागि उपयोग गर्छ । शत्रुल...