पाथीभरालगायत ताप्लेजुङकाे हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरालागायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तीन दिनदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेकाे हाे ।   पाथीभरा मन्दिर क्षेत्रमा झन्डै डेढ फुट हिउँ परेको र मथिल्लो फेदिमा भने केही मात्रामा हिउँ परिरहेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गर्ने इन्द्रनारायण भट्टराईले बताउनुभयो । हिउँका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या भएकाे छ ।   हिउँ परेसँगै जिल्लाका डाँडाकाँडा र हिमाल सेताम्मे देखिएका छन् । याे ताप्लेजुङमा यस वर्षकाे दाेस्राे पटककाे हिमपात हाे ।

सम्बन्धित सामग्री

पाथीभरामा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात […]

पाथीभरामा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको […]

ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात

लामो प्रतीक्षापछि ताप्लेजुङका हिमाली क्षेत्र तथा गाउँहरूमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार बेलुका ४

सोलुखुम्बुकाे सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीसहित माथिल्लो क्षेत्रमा गएराति हिमपात भएको हो । जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाँडा, रातनागी डाँडा, खोरिया, रोसी, तामाखानी, लोदिङ, बेनी, जुनबेशी लगायतका ठाउँहरू सेताम्मे भएका स्थानीयले बताएका छन् । यस्तै उच्च हिमाली क्षेत्र खुम्बुको लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्रमा शनिवार साँझबाट नै हिमपात सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्...

म्याग्दीमा हिमपात : बाली सप्रिने आसमा किसान (फोटो फिचर)

म्याग्दी : म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरी हिमपात भएको छ। यस वर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।मंगलबार रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकांश हिउँले ढाकिएको छ।मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। वर्षा र हिमपातले ग्रामीण यातायात प्रभावित भएको छ। हिमपातको कारण माथिल्लो भेगका विद्य

हावा मडारिएर चीनतर्फ लागेपछि पानी पर्ने सम्भावना घट्यो

काठमाण्डाै – नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ । लामो समयदेखि पानी नपर्दा सुख्खा बढेका बेला पश्चिमी न्यून चापीय प्रणालीले नेपालमा पानी पार्ने आशा बढेको भए पनि हावा चीनतर्फ मडारिएकाले पानी पर्ने सम्भावना कम भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । अहिले देशभरको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात र काठमाण्डौ उपत्यकासहित पश्चिम पहाडमा सामान्य पानी परेको छ । हावा...

लुक्लामा हिमपातले ढपक्कै ढाक्‍यो हेलिकोप्टर, सात फोटो

काठमाडौं : मंसिरमा परेको हिउँदे झरीपछि बिहीबार रातिदेखि हिमाली र उच्‍च पहाडी भेगमा हिमपात भएको छ। उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ। हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडान हुन सकेन। त्यस्तैगरी, सोलुखुम्बुको लुक्ला क्षेत्रमा भार...

बझाङमा वर्षासँगै हिमपात, चिसो बढ्यो (फाेटाेफिचर)

बझाङ – बझाङमा शनिबार राति अचानक वर्षासँगै हिमपात भएको छ । आइतबार बिहानदेखि अचानक बझाङ जिल्लाको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा वर्षासँगै हिमपात भएको हो । वर्षासँगै परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको हो । उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिका, यस्तै सुर्मा गाउँ...

पानीसँगै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात

शुक्रबारदेखि कालीकोटमा वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्र अर्थात् जिल्लाको माथिल्लो भागमा हिमपात र असिना पानी परेपछि नागरिकको जनजीवन कष्टकर बनेको छ । असिना पानीको मारमा सबैभन्दा बढी पशुपालक परेका छन् ।

कालापत्थर बन्दै हिमाल चुचुरा

सामान्यतया चिसो मौसममा हिमपात हुन्छ। पुष र माघ महिनाको मध्य नै हिमपातको मुख्य सिजन हो। तर यस वर्ष उच्च हिमाली क्षेत्र खुम्बुमा ढिलो गरी सामान्य हिमपात भएपनि पहिले पहिले जस्तो न डाँडाकाडा नै ढाके, न जम्ने गरि हिमपात भयो। पातलो हिमपातका कारण यस वर्ष हिमाली भेगका स्थानियले अनौठो मानेका छन्।