बजेटको तयारीमा प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा जुटेको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो। सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ। आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ।

सम्बन्धित सामग्री

युवामैत्री बजेटको तयारीमा लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटलाई युवामैत्री बनाउने तयारी गरेको छ ।

बजेट बनाउने तयारी गर्दै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए।उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।प्रदेशको अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त

बजेट तयारीमा मधेश प्रदेश सरकार

धनुषा । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए ।          उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि...

बजेटको तयारीमा मधेश प्रदेश सरकार, सिलिङमा  २० प्रतिशत बजेट कटौती

मन्त्री यादवले कृषि, पर्यटन,स्वास्थ्यमा केन्द्रित रहेर रोगजार सिर्जना गने किसिमको बजेट ल्याउने तयारी भइरहेको बताए ।

आगामी वर्षको बजेट तयारीमा स्थानिय तह

आगामी आर्थिक वर्ष २०८०/०८१ को वजेटको तयारीमा ३ वटै सरकार जुटन थालेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारहरू बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानिय सरकारले असार १० भित्र बजेट ल्याइ सक्नु पर्ने सवैधानिक व्यवस्था रहेको छ । जिल्लामा रहेको १० स्थानिय तहले आगामी […]

जनप्रतिनिधिहरूको कार्यभार

आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेटमाथि छलफल चलिरहेको छ । प्रदेश सरकार पनि बजेटको तयारीमा छन् । स्थानीय सरकारले आगामी असार १० भित्र वार्षिक कार्य योजना ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, सोही अनुरूप अहिले गृहकार्य चलिरहेको छ ।

भर्चुअल माध्यमबाट नीति कार्यक्रमका लागि सुझाव संकलन

चालु आर्थिक वर्ष सकिन झण्डै दुई महिना बाँकी रहँदा कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति कार्यक्रम तथा बजेटको तयारीमा जुटेको छ ।कोरोना भाइरसको संक्रम फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण आगामी नीति कार्यक्रम तथा बजेट निर्माणका लागि भर्चुअल माध्यमबाटै सुझाव संकलन गरिरहेको छ । बजेट तर्जुमाका लागि विषयगत मन्त्रालयहरूले गृहकार्य गरिरहेका छन् […]

बजेट तयारीमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यव्रmम र बजेटको तयारीमा जुटेको छ। जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने र असारअघि नै बजेट ल्याउनुपर्ने व्यवस्था छ। विगतका वर्षभन्दा यो वर्ष बजेट कम हुने सङ्केत देखिएको छ। चालु आव २०७९/८० का लागि कर्णालीमा ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट ल्याइएको थियो। लक्ष्यअनुसारको राजस्व दर नबढेपछि सङ्घीय सरकारबाटै कम मात्रै बजेट सिलिङ पठाइएको छ। प्रदेश सरकारको आन्तरिक आम्दानी निकै न्यून छ। त्यसैले पनि कर्णालीको बजेट यस वर्ष कम हुने देखिन्छ।

चैतभित्रै सबै प्रदेशको बजेट

चालू आवको करिब–करिब मध्यमा गठन भएका प्रदेश सरकार आवको बाँकी अवधिको बजेटको तयारीमा जुटेका छन् । करिब साढे तीन महिनाका लागि ल्याइने भए पनि त्यो प्रदेश सरकारको पहिलो बजेट हुनेछ । उक्त बजेट प्रदेश सरकारको आयव्ययको कानुन नै हुनेछ । यसैले प्रदेशले ल्याउने बजेट, कार्यक्रम तथा नीति खालि आर्थिक हरहिसाबको फेहरिस्त मात्र नभएर विकास र परिवर्तनको द्योतक पनि पक्कै हो ।