जनैपूर्णिमाका अवसरमा विशेष मेला

धुलिखेल– जनैपूर्णिमाका अवसरमा आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित तेमाल नारायणस्थान, बनेपाको गोसाइँस्थान र रोशीको ताराखसे लेकमा विशेष मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्नेहरूले यहाँका तीर्थस्थलमा पुगेर पूजा एवं दर्शन गर्दछन् । पर्वका अवसरमा विभिन्न समुदायका मानिस तेमालस्थित नारायणस्थानमा पुगेर सत्यनारायण मन्दिरको दर्शन गर्दछन् । सो क्रममा झाँक्री भेषभुषामा सजिएर ढ्याङ्ग्रो बजाउँदै विभिन्न स्थानबाट तेमालस्थित […]