धनगढी जलमग्न, सडकमै बग्छन् खोला

धनगढी : बुधबार रातिदेखि लगातारको बर्षातका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न बनेका छन्।सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढीका मुख्य सडक र सरकारी कार्यालय नै जलमग्न हुँदा आवत–जावत र सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। प्रदेशसभा अगाडिकै सडक पार्कमोड आसपासका पसलभित्र पानी पसेको छ।क्षणभरको वर्षामै सडक खोला जस्तै भएका छन्। धनगढीमा सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, मित्रनगर लगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्।धनगढी

सम्बन्धित सामग्री

भैलोले निम्त्याएको सडक जोखिम

डोटी । ‘ब्रेक तातेको हुन्छ, त्यसै पनि ओरालोमा ब्रेक कम लाग्छ । भैलो माग्ने नाममा दुई÷चार रुपैयाँको लोभले बिच सडकमै गुडिरहेको गाडीको अगाडी दौडेर आउँछन् । बच्चाहरू त थिए थिए, महिलाहरू र जड्याँहहरु झन् सताउँछन् । कुनै दुर्घटना भयो भने दोष जति सबै हामी चालकको हुन्छ’, धनगढी-सिलगढी चल्ने माइक्रो बसका चालक दीपक अवस्थीको भनाई हो […]

राजनेताको भूमिकामा देउवा

नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो तीन दशकदेखि क्रियाशील नेता हुनुहुन्छ– शेरबहादुर देउवा । मुलुकको पाँचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका देउवाको नेपाली राजनीतिमा विशिष्ट पहिचान छ । २०१७ सालमा नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त प्रजातन्त्रको चीरहरण गरेर तत्कालीन राजा महेन्द्र शाहले लादेको पञ्चायती व्यवस्थाको विरुद्धमा उत्रिएका देउवाले कष्टकर जेल यातना भोग्नुभयो । शक्तिशाली राजा महेन्द्रको धनगढी सवारीका क्रममा पञ्चायती व्यवस्थाको विरोधस्वरूप उनी चढेको गाडी देउवाले सडकमै रोकेको घटना आज पनि उत्तिकै चर्चामा छ । त्यसमा पनि सुदूरपश्चिमका पुराना नेताले देउवाको यो कदमलाई साहसिक नेताका रूपमा चित्रण गर्ने गरेका छन् ।

वर्षाका कारण अवरुद्ध सडक अझै खुलेनन्

काठमाडौं । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्षाले सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष मनसुन शुरू भएदेखि गत असोज मसान्तसम्ममा २ अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ । वर्षापछि आएको बाढी, पहिरोको कारण २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले बताएको छ । कात्तिक १ गतेदेखि १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । ‘बझाङमा सडक खुलाउन बढी समय लाग्न सक्ने देखिएको छ, पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको छ,’ उनले भने, ‘डँडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।’     धनगढी–सहजपुर–वुडर–स्याउेले, सतबाँझ–थाकतोली–दार्चुला–तिंकर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । ३०० मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको बताइएको छ । मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा ठूलो क्षति पुगेको विभागले बताएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाको भनाइ छ । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो । बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । ‘अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्न सक्छ,’ उनले भने । बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाटै कर्णालीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुन सक्ने बताइएको छ ।   यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौसम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठीन थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए । ‘अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ,’ उनले भने । विभागले अवरुद्ध सडक आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्वीपमेन्ट कार्यालयमार्फत खुलाइरहेको छ । अवरुद्ध सडकका बारेमा विभागले बेवसाइटमै नागरिकलाई जानकारी दिने गरेको उनले बताए । सडक बनाउँदा नै ध्यान नदिइएकाले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको विभागले बताउने गरेको छ । आइतवारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिरोको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने सांसदहरूको भनाइ थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ । रासस

निर्माणमा लापरबाही भएपछि सडकमै रोपाइँ

कालोपत्रेको माग गर्दै धनगढीका स्थानीयले धनगढी उपमहानगरपालिका– ५, हसनपुरदेखि शिवरनगर जोड्ने हिलाम्य सडकमा रोपाइँ गरेका छन् । ठेकेदार र उपमहानगरको लापरबाहीले अलपत्र परेको सडक हिलाम्य हुँदा सास्ती व्यहोर्नुपरेपछि स्थानीयले विरोधमा...

धनगढीमा स्थानीयले हिलाम्य सडकमै रोपाइँ गरे

धनगढी : धनगढीमा स्थानीयले हिलाम्य सडकमा धान रोपेका छन्। धनगढी उपमहानगरपालिका-५ हसनपुर–शिवनगर सडक हिलाम्य भएपछि स्थानीयले त्यसैमाथि धान रोपेका हुन्। धान रोप्दै उनीहरुले सडक कालोपत्रेको समेत माग गरेका छन्। हिलाम्य सडकमा हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ गरेको भन्दै सडकमा धान रोपेको बताएका छन्। स्थानीय अनिल भण्डारीले तीन वर्षअघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए।उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्