युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।संस्थागत कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सार्वजनिक गर्न लागेको हो । कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये, समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागनीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले