नेपाल रेडक्रसमा प्रहरी हस्तक्षेप, अन्तराष्ट्रिय महासंघ समक्ष छानविनको माग

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर नेपाल रेडक्रस सोसाइटीको नियमित कामकाज गर्न लगाएको रोकको रेडक्रस सोसाइटीले भर्त्सना गरेको छ।रेडक्रसजस्तो मानवीय संस्थामा सरकारले हतियार सहितको दस्ता पठाइ प्रहरी हस्तक्षेप गर्न लगाएको र रेडक्रसको स्वायत्तता, स्वतन्त्रता तथा संस्थाको आधारभूत सिद्धान्त र मूल्य, मान्यतामाथि ठाडो र नांगो व्यवहार प्रदर्शन गरेको आरोप सोसाइटीले आज जारी गरेको विज्ञप्तिमा लगाइएको छ। प्रहरीले कार्यसमितिको अध्यक्ष तथा सदस्यलाई कार्यालय प्रवेश गर्न रोक लगाउनु अत्