रोजगारीका लागि एक महिनामा विदेशिन्छन् ६५ हजार नेपाली

काठमाडौं : पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, वैदेशिक रोजगार विभागका अनुसार २०७९ वैशाखदेखि चैतसम्म सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका हुुन्। यो संख्या विश्लेषण गरेर हेर्दा प्रत्येक महिना ६५ हजार र हरेक दिन दुई हजार १६६ जनाले श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको पाइएको छ।गत वर्ष वा २०७८ सालमा छ लाख ५१३ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालमा सात लाख ६८ हजार ६३५

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीका लागि एक महिनामा ५१ नेपाली अमेरिका उडे

गत पुस महिनामा मात्रै ५१ जना नेपाली वैदेशिक रोजगारीका लागि अमेरिका उडेका छन् । वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार पुस महिनामा अमेरिका जानका लागि ५१ जना नेपालीले श्रम स्वीकृति लिएका हुन् । जसमध्ये ४४ जना पुरुष र ७ जना महिला रहेका छन् । अमेरिका गएका ५१ जना मध्ये ३८ जनाले नयाँ श्रम स्वीकृति र […]

रोजगारीका लागि बिदेसिनेको सङ्ख्या घट्यो

काठमाडौं, जेठ १४। पछिल्लो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा ओरालो लागेको छ । नेपाली श्रमिकका गन्तव्य देशमा समेत आर्थिक मन्दीसँगै वैदेशिक रोजगारीका लागि माग कम आएकाले रोजगारीका लागि बिदेसिनेको सङ्ख्यामा ओरालो लागेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा कम वैशाखमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पछिल्लो […]

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदै वैशाखसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६० हजार २५५ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ […]

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

राँझा- रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार नौ […]

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

काठमाडौँ,२८ कार्तिक । रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार […]

रोजगारीका लागि दैनिक २ हजार नेपाली विदेशिंदै

१९ असार, काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक असौत २ हजार नेपालीहरु रोजगारीका लागि विदेश उडरिहेका छन् । वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक […]

वैशाखमा रोजगारीका लागि विदेशिनेको संख्या साढे १० हजार घट्यो

२० जेठ, काठमाडौं । गत वैशाख महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या साढे १० हजार जनाले घटेको छ । वैशाख महिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ रहेको वैदेशकि रोजगार विभागले जनाएको छ । जबकी चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । फागुनमा भन्दा चैतमा विदेश जान […]

चैतमा रोजगारीका लागि विदेशिए ५५ हजार नेपाली

११ चैत, काठमाडौं ।  चुनाव नजिकिंदै जाँदा गत चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा वृद्धि भएको छ । फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । चैतमा दैनिक औसत १ […]

रोजगारीका लागि छनोट भएका कामदारलाई एक महिनाभित्र इजरायल पठाउने विभागको तयारी

काठमाडौँ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका कामदारलाई अबको एक महिनामा इजरायल पुग्ने गरी प्रक्रिया अगाडि बढाएको छ । विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका कामदारको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो । विभागका निर्देशक एवं इजरायल रोजगारी संयोजक डम्बर सुनुवारले […]

वैदेशिक रोजगारीका नाममा ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी

वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो। विभागका निर्देशक ...