राष्ट्रियसभाको विशेष समय : कवितामार्फत सरकारलाई व्यंग्य

काठमाडौं : समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरसभन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मूल्य र वेरोजगारीको चपेटामा समाज पर्...