चुनाव लक्षित बजेटबारे गृह मन्त्री र अर्थ मन्त्रीबीच छलफल

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाण र अर्थ मन्त्री जनार्दन शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल भएको छ ।  गृह मन्त्रालयमा आज बुधवार भएको छलफलमा चुनाव लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।  सहसचिव भुसालका अनुसार अब गृह मन्त्रालयले भाेलि बिहीवारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।&n...