अर्थमन्त्रीलाई निजीक्षेत्रको आग्रह  : टालटुले नीतिले अर्थतन्त्र सुध्रिँदैन, दिगो उपचार खोजौं

काठमाडौं।अहिले अर्थतन्त्र चरम संकटमा रहेको भन्दै टालटुले नीतिले मात्र अर्थतन्त्रमा देखिएका समस्याको निकास सम्भव नहुने दाबी निजीक्षेत्रले गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पदाधिकारीहरूले बिहीवार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर यस्तो सुझाव दिएका हुन् । मधेशका उद्योगी व्यापारी अर्थतन्त्रका समस्याको निकासबारे सुझाव लिएर मन्त्री भेट्न मन्त्रालयमै पुगेका हुन् । ‘बजारमा अहिले चरम आर्थिक मन्दीमा छ । उत्पादनमूलक क्षेत्र क्षमताको ३०–३५ प्रतिशतमा झरेको छ । कतिपय उद्योग बन्द भइसकेका छन्, कतिपय बैंकलाई देखाउन मात्रै चलेका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मन्त्री महतको ध्यानाकर्षण गराउँदै भने, ‘यस्तो अवस्थामा अर्थतन्त्र सुधार्न टालटुले नीतिभन्दा आर्थिक नीतिको सिंहावलोकन जरुरी छ ।’  अहिले अर्थतन्त्रका सूचक, सरकारको प्रतिबद्धता र जनस्तरमा त्यसको प्रत्याभूतिबीच ठूलो अन्तर देखिएको दाबी निजीक्षेत्रले गरेको छ । विकास र समृद्धिका धेरै एजेण्डाले सार्थकता पाउन नसकेको निजीक्षेत्रको भनाइ छ । ‘हाम्रो अर्थतन्त्र बिरामी छ र यसको दिगो उपचारको आवश्यकता छ । अर्थतन्त्रको यो समस्या रातारात सृजना भएको होइन र क्षण भरमैं उपचार पनि सम्भव छैन,’ महासंघले अर्थमन्त्रीलाई बुझाएको लिखित सुझावमा उल्लेख छ ।  अर्थमन्त्री महतले भने अहिले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको दाबी गरे । तर, उनले अर्थतन्त्रमा अपेक्षित सुधारको प्रत्याभूतिको लािग सरकार सधैं निजीक्षेत्रसँग समन्वयमा अघि बढ्न तत्पर रहेको बताएको मन्त्री महतलाई उद्धृत गर्दै अध्यक्ष टेमानीले बताए । निजीक्षेत्रले दिएका सुझावलाई आवश्यकताअनुसार तत्कालै र आगामी आर्थिक वर्षको बजेटमार्फत समेटिने आश्वासन मन्त्री महतले दिएका छन् ।  निजीक्षेत्रले भन्सार, आयकर, मूल्यअभिवृद्धि कर, अन्त:शुल्क र उधारो असुलीसम्बन्धी कानूनबारे २३ बुँदे सुझावपत्र बुझाएको थियो । अवैध आयात नियन्त्रणका लागि भारतबाट आयात हुने वस्तुमा भन्सार र मूल्यअभिवृद्धि कर गरी त्यहाँको वस्तु तथा सेवा करभन्दा बढी हुन नहुने बताएको छ ।  आयातित वस्तुको मूल्य सूचना मूल्यभन्दा कम भएमा भन्सारले ५० प्रतिशत जरीवाना लिँदै आएकोमा जरीवानाको प्रवाधान नै हटाइनुपर्ने माग महासंघको छ । आयकर छूटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने, मूल्यअभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्नुपर्ने, अन्त:शुल्कको दायरा घटाइनुपर्ने, उधारोमा विक्री भएको सामानको भुक्तानी समयमै उठाउन उधारो असुलीसम्बन्धी प्रभावकारी कानून बनाइनुपर्नेलगायत सुझाव अर्थमन्त्रीलाई दिएको थियो । उनीहरूले आन्तरिक राजस्व विभाग र कर प्रणाली सुधार आयोगका अधिकारीहरूलाई पनि भेटेका छन् । अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन उद्यममैत्री कर प्रणालीको आवश्यकतामा निजीक्षेत्रले जोड दिएको छ । 

सम्बन्धित सामग्री

कस्तो रहला चाडपर्वपछिको अर्थतन्त्र ?

समग्र देश विकासका लागि अर्थतन्त्र बलियो हुनुपर्छ । अर्थतन्त्र प्रभावकारी हुन नसक्दा विकासका सम्पूर्ण अवयव लथालिंग हुन्छन् । अहिले देशको आर्थिक अवस्था यसरी नै लथालिंग छ । अर्थतन्त्रलाई सही मार्गमा डोर्‍याउने काम मूलतः राजनीतिक...

अर्थतन्त्र सकारात्मक दिशाउन्मुख छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् । सरकारले गरेको अर्थतन्त्र सुधारका कार्यको नजिता आउन अझ केही समय लाग्नेसमेत उनले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्य समितिसँगको...

अर्थतन्त्र संकटमा छ भन्ने नबुझेकाले मात्रै हो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताए।‘नेपालको अर्थतन्त्र संकटमा छ भन्नु अर्थतन्त्रलाई नबुझ्ने कुरा हो। नेपालको अर्थतन्त्र संकटमा होइन। हाम्रो अगाडि केही दबाब र चुनौतिहरु छन् । ती चुनौति र सामना गर्ने उपायहरु खोज्नुपर्छ तर संकटमा छ भन्नु गलत हो।’ उनले भ

अर्थतन्त्र नबुझेकाले नेपालको अर्थतन्त्र संकटमा छ भने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न […]

अर्थतन्त्र लयमा : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए । मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण […]

अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजना पूर्व अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लगाएपछि सोमबार पत्रकार सम्मेलन आयोजना गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिँडेको जवाफ दिएका हुन् ।चालू आर्थिक वर्षको सुरुवातदेखि नै बढ्दो व्यापार […]

अर्थतन्त्र सुधारोन्मुख रहेको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधार भएको दावी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजान पूर्व अर्थमन्त्रीले, वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लागाएपछि सोमबार पत्रकार सम्मेलन गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिडेको जवाफ लिएका छन् । चालू आर्थिक वर्षको सुरुवातदेखि नै […]

‘अर्थतन्त्र धराशायी भएको छैन’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले बजारमा अनावश्यक हल्ला फैलिरहेकाले हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन् ।हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको उनको भनाइ छ । “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र […]

अर्थतन्त्र धराशयी भएको छैनः झाँक्री

काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशयी नबनेको बताएकी छन्। उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशयी नबनेको बताइन्। काठमाडौमा शनिबार विद्युतीय व्यवसायी संघको १२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको बताइन्। उनले भनिन्, ‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशयी बनेको छैन। […]

अर्थतन्त्र कोभिडअघिकै अवस्थामा : राष्ट्र बैंक

बाह्य दबाब र तरलता संकटले अर्थतन्त्र समस्यामा बाहिर चर्चा भएजस्तो अर्थतन्त्र धराशायी नभएको र यसअघि पनि यस्ता समस्या देखिएको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका अधिकांश सूचक कोभिडपूर्वकै अवस्थामा रहेको राष्ट्र बैंकको...