काठमाडौं । प्रबुद्ध बचत तथा सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा लाइन्स क्लबको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संयोजक प्रवीणविलास बज्राचार्यले स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा करिब ५० जना सहभागी भएको जानकारी दिए ।
काठमाडौं–२६, सामाखुसीमा रहेको यो सहकारीले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।