आमसञ्चार प्रतिष्ठानमा भट्टराईको नाम जोडिएकोमा फोनिजको आपत्ति

सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आपत्ति जनाएको छ । संघीय संसद्‌मा मंगलबार प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रमको ८५ नम्बर बुँदामा आमसञ्चर क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ सञ्चालनमा ल्याइने उल्लेख छ ।

सम्बन्धित सामग्री

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा भट्टराईको नाम जोडिएकोप्रति प्रेस चौतारीको आपत्ति

काठमाडौं : आमसञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धिका लागि सरकारले सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति प्रेस चौतारी नेपालले आपत्ति व्यक्त गरेको छ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आफ्नै संस्थापक नेताको नाममा गलत तथ्यहरु प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने  उद्देश्यका साथ कार्यक्रम ल्याउनु निन्दनीय रहेको भन्दै चौतारीले विरोध गरेको हो।सञ्चारकर्मीको क्षमता विकासका लागि

भट्टराईलाई जोडेर आमसञ्चार प्रतिष्ठानमा राजनीतिकरण गरियो : प्रेस चौतारी

काठमाडौं । सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । चौतारीले एक विज्ञप्तिमार्फत सरकारले नीति तथा कार्यक्रममार्फत गलत तथ्यहरू प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैंमा निन्दनीय विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । महासचिव हिरामान लामाको हस्ताक्षरमा जारी […]