भारतमा कोरोनाविरुद्ध ककटेल ड्रगको उपयोग गरिँदै, ७० प्रतिशत सफलता

भारतमा कोरोनाभाइरसका कारण कहर मच्चिरहेकोमा त्यसको रोकथामका लागि नयाँ नयाँ उपाय अपनाइएको छ ।    त्यसैक्रममा मोनोक्लोनल एन्टीबडी अर्थात् ककटेल ड्रग्स पनि प्रयोग गर्न थालिएको छ । स्विट्जरल्यान्डको औषधि कम्पनी रोशे र सिप्लाले भारतमा यसको आरम्भ गरेका हुन् ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना संक्रमित हुँदा यही औषधि प्रयोग गरेर ठीक भएका थिए । यसले ७० प्रतिशतसम्म असर गर्ने बताइएको छ । यसको उपयोग गर्दा अस्पतालमा भर्ना गर्नुपर्ने सम्भावना घट्ने बताइएको छ ।  एन्टीबडी कक्टेल भनेको विभिन्न औषधिहरूक...