तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकतामा राख्दै सडक, पुल, खानेपानी, सिँचाइ तथा कृषि र पशुपालनका क्षेत्रमा काम अघि बढाइएको हो । गाउँपालिकाले एक वर्षको अवधिमा दुई दशमलव ७५ किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने, चार दशमलव […]
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो । घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकको श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास […]
नेपाल टेलिकमले असोज ३० गतेदेखि ३० एमबिपिएस गतिको फाइबर इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। सरकारी स्वामित्वको कम्पनीले ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवाअन्तर्गत नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो। कम्पनीले एनटी फाइबर ग्राहकका लागि वाइफाई ६ प्रविधिसहित उच्च गतिका अन्य प्याकेजसमेत उपलब्ध गराउने जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार […]