तटबन्ध निर्माणपछि सौराहा कटानमुक्त

हरेक वर्षजसो डुबान र कटानको चपेटामा पर्ने पर्यटकीय क्षेत्र सौराहाले यस वर्षबाट कटानको समस्या झेल्नु नपर्ने भएको छ । राप्ती खोलामा गरिएको तटबन्धले सौराहाको कटानको समस्या समाधान गरेको नारायणी नदी तटबन्ध कार्यक्रमका इन्जिनियर प्रकाश लम्सालले बताउनुभयो । नारायणी नदी तटबन्ध कार्यक्रम चितवनले विगत लामो समयदेखि राप्ती खोला र नारायणी नदी नियन्त्रणको काम गरिरहेको छ ।

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्ज नजिक तटबन्ध

सौराहा, चितवन राष्ट्रिय निकुञ्ज छिर्ने १० प्रवेशद्वारमध्ये मुख्य नाका हो । चितवन निकुञ्ज घुम्न आउनेमध्ये अधिकांश पर्यटक यही बाटो भएर सफारीमा जाने गर्छन् । सौराहा आडको राप्ती किनारमा उभिएर हेर्दा निकुञ्ज जाँदै र फर्कंदै गरेका पर्यटक मात्रै हैन, बगरमा मजाले घाम ताप्दै गरेका मगर गोही र अति संकटापन्न वन्यजीव घडियाल गोहीसमेत देखिन्छन् । राप्ती खोला बस्तीमा छिर्ने आशंकाले त्यहाँ लगाएको तटबन्धन बलियो बनाउने काम बर्सेनि हुने गर्छ । पछिल्लो समय यो तटबन्ध थप टिकाउ बनाउन नौलो प्रविधि उपयोग भएको छ ।

संरक्षणकर्मीको चासो र चिन्ता :  संरक्षण विना पर्यटन असम्भव

माघ १०, चितवन । चितवनका वन तथा वन्यजन्तु संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका छन् । पछिल्ला वर्षहरुमा संरक्षणमा चुनौति थपिएको भन्दै उनीहरुले संरक्षण र पर्यटन एक अर्काको परिपूरक भएको बताएका हुन् । पछिल्लो समय भएको अनधिकृत रुपमा भएको जंगल फडानी, दुषित जलश्रोत तथा वातावरण प्रदुषण हुँदा संरक्षणमा संकट आएको उनीहरुको गुनासो छ ।  चितवनको पर्यटन जल,जमीन र जंगलमा आधारित भएको भन्दै संरक्षणकर्मी शंकर महत्तोले संरक्षण विना चितवनको पर्यटनको विकास नहुने बताए ।  ‘पर्यटन र संरक्षण एक एर्काका परिपूरक हुन् महत्तोले भने, ‘संरक्षण विना पर्यटन असम्भव छ । ’  पछिल्ला समय सौराहा क्षेत्रतिर वन्यजन्तुलाई ‘डिस्टर्व’ भएको भन्दै उनले वन्यजन्तु पूर्वबाट पश्चिम हुँदै भारततिर जाने खतरा बढेको बताए । वन्यजन्तुको आहारा र बासस्थान महत्वपूर्ण भएको भन्दै उनले वन्यजन्तुको लागि सरसफाई र स्वच्छ पानी उत्तिकै आवश्यक रहेको उनको भनाइ छ  । वन र वन्यजन्तुको सरक्षणको लागि सबैभन्दा बढी दायित्व र जिम्मेवारी स्थानीय रहेको भन्दै भरतपुर महानगरपालिका वडा नं २२ का कार्यवाहक अध्यक्ष सोम गुरुङ्गले वन्यजन्तु र मानव बीचको द्वन्द्व घटाएर संरक्षणमा लाग्नु पर्ने बताए । ‘हामीले वन र वन्यजन्तुको संरक्षण गरेनौं भने, ऐतिहासिक महत्वका धरोहरलाई जोगाएनौं भने, नत पर्यटक आउँछन् नत पर्यापर्यटन सन्तुलन हुन्छ’, उनले भने ।  १०० ओटा पर्यटकीय गन्तव्य सूचीमा पटिहानी परेको भन्दै उनले अन्तरराष्ट्रिय स्तरमा समेत अम्ब्रेला स्ट्रिटले चितवनलाई चिनाएको र पर्यटकलाई नयाँपन र  पूर्ण मनोरञ्जनका लागि सुवारी खोलामा तटबन्ध गरी पटिहानी ईको पार्क बनाउन थालिएको उनले जानकारी दिए । जसमा आठ ओटा सिग्नेचर ब्रिज, जलविहारलगायतका गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको छ । ‘हामीले संरक्षणलाई प्राथमिकता दिंदै पर्यटनको नयाँ प्रडक्ट दिन सक्नुपर्छ,जरुरी पनि छ’, उनले भने ।  अम्ब्रेला स्ट्रिट आसपासमा रहेको साढे १३ कट्ठा, र वडा कार्यालयनजिकै १ करोड ५० लाख रुपैयाँको लागतमा थारु संङ्ग्र्रहालय निर्माणाधीन स्थलमा आकर्षक प्रदर्शनी केन्द्रमा थारु संस्कृति झल्किने गरी मौलिकरुपमा निर्माण गर्ने योजना रहेको गुरुङ्गले जानकारी दिए  ।  वन्यजन्तुको संरक्षणको लागि उनीहरु हिंड्ने करिडोर, पिउने र खेल्ने पानी पनि स्वच्छ हुनु आवश्यक रहेको संरक्षणकर्मीहरुको भनाइ छ ।  अर्का संरक्षणकर्मी अपिल घिमिरेले पछिल्लो समय संरक्षणमा चुनौति थपिएको भन्दै वन्यजन्तु हिंड्ने बाटो तथा बासस्थानमा प्लाष्टिकजन्य फोहोर, सिसाका बोटल  जथाभावी फालिदिंदा बन्यजन्तुलाई चोटपटक लाग्ने र त्यस्ता वस्तु खाईदिदा वन्यजन्तु विरामी पर्दै गएको बताए ।  ‘मैले संरक्षणको क्षेत्रमा धेरैसमय देखि  काम पनि गरें ।  अध्ययन पनि गरें’, उनले भने, ‘मैले अहिले स्थानीयलाई सचेतना फैलाउन पनि हरेक हप्ता राप्ती नदी तटीय क्षेत्रको सरसफाई गर्दै आएको छु ।’ तटीय सरसफाई अभियान शुरु गरेको एक वर्ष वितिसकेको बताउँदै घिमिरेले यसले संरक्षण र सचेतनामा प्रभावकारी भुमिका खेलेको बताए ।