अमरपुरको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षा कोठा नहुँदा बिहान ६ देखि १० बजेसम्म र १० देखि ४ बजेसम्म कक्षा सञ्चालन भइरहेका छन् । बिहानीको समयमा वन विज्ञान र कक्षा ११ तथा १२ का कक्षा सञ्चालन हुँदै आएका छन् । बिहान १० बजेपछि कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बुढाका अनुसार विद्यालयमा ११ भवन रहेका छन् । त्यसमध्ये नौ पक्की र दुई जस्ता पाताको छाना भएका भवन छन् । ‘दुई पक्की भवनमा वन विज्ञान कार्यक्रमका छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रावासको प्रबन्ध मिलाएका छौँ,‘ उनले भने, ‘बाँकी नौओटा भवनका २२ कोठाहरुमध्ये कम्प्युटर ल्याब, पुस्तकालय, प्रयोगशाला, भण्डारण कक्ष, दिवा खाजा व्यवस्थापन, शिक्षक स्टाफ गरी १० कोठा प्रयोगमा रहेका छन्, बाँकी १२ कोठामा छात्रावासका थप चार गरी १६ कोठामा पठनपाठनको कार्य भइरहेको छ ।‘ कक्षा कोठाको अभावमा विद्यालयमा सञ्चालनमा रहेका बाल विकासका तीन कक्षालाई एउटै कोठामा राख्नुपरेको उनले बताए । आधारभूत तहका कक्षाका लागि आठ, माध्यमिक तहका लागि चार र तीनवर्षे वन विज्ञान शिक्षाका लागि तीन कक्षाकोठा प्रयोग भइरहेका छन् । ‘विद्यालयमा विद्यार्थीको सङ्ख्या ७३४ रहेको छ । छात्र ३३९ र छात्रा ३९५ रहेका छन् । ‘विद्यार्थीको अनुपातमा कक्षा कोठाको निकै अभाव छ,‘ विद्यालयका निमित्त प्रधानाध्यापक गणेशबहादुर विष्टले भने, 'कक्षा कोठाको अभाव र आवश्यक माध्यमिक शिक्षक दरबन्दी अभावले अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपरेको छ ।‘ उनका अनुसार कक्षा १२ मा सबैभन्दा बढी एक सय २३, कक्षा ९ मा एक सय १२, कक्षा ८ मा ७३ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको सङ्ख्या अधिक भए पनि कक्षा कोठा नपुग्दा एउटै कक्षामा राखेर पठनपाठन गराउनुपर्ने अवस्था रहेको उनले बताए  । ‘आगामी शैक्षिक सत्रदेखि विद्यालयमा थप छ कक्षाकोठा निर्माण गर्ने लक्ष्य लिएका छौँ,‘ निमित्त प्रधानाध्यापक विष्टले भने, “फर्निचरको पनि अभाव छ, त्यसका लागि नगरपालिकासँग आवश्यक बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेका छौँ ।‘ विसं २०४२ मा स्थापना भएको विद्यालयमा १२ शौचालय र दुई खानेपानीका धारा भए पनि त्यसलाई व्यवस्थित भने विद्यालयले गर्न सकेको छैन । विद्यालयमा प्रावि तहका चार र एक निमावि तह गरी पाँच शिक्षक स्थायी रहेका छन् । राहत कोटामा कार्यरत शिक्षकको सङ्ख्या ६ रहेको छ । त्यसमध्ये प्राविमा एक, निमाविमा दुई र माविमा तीनजना कार्यरत रहेका छन् । कक्षा ११ र १२ का लागि भने शिक्षक दरबन्दी नहुँदा निजी शिक्षक राखेर पठनपाठनको कार्य हुँदै आएको छ । वडाध्यक्ष शेरबहादुर साउदले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दुई भवन निर्माणका क्रममा रहेको बताए । -रासस    

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन

सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ।...

भौतिक पूर्वाधार मन्त्री बर्खास्त

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै खड्कालाई बर्खास्त गरेका हुन् । चुनावमा टिकट नपाएपछि नेतृत्वप्रति आक्रोशित बनिरहेका र उम्मेदवारलाई पनि असहयोग गरेपछि उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । केही दिनअघि गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य […] The post भौतिक पूर्वाधार मन्त्री बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन वर्षभित्रमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रमा सबै सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा गरेका कामहरु सार्वजनिक गर्दै मन्त्री देवेन्द्र पौडेलले हालसम्म २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार तुलनात्मक रुपले सम्पन्न भएको जानकारी दिए । मन्त्री पौडेलले भने- ‘भौतिक पूर्वाधार […]

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

नेकपा एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलविर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट राज्यमन्त्री भएका चौधरीलाई एसको प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्री तथा एसका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पार्टी छोडेर एमाले प्रवेश गरेकाले चौधरीलाई […]

भौतिक पूर्वाधार मन्त्री राईलाई गृहनगरमा भब्य स्वागत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ।...

भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने बालेनको प्रस्ताव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् । सोमबार बसेको पहिलो बैठकमा बालेनले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि […]

सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरू पोखरामा

पर्वत : गण्डकी प्रदेशको राजधानी पोखरामा सातवटै प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रीहरू भेला हुँदैछन्।गण्डकीको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना गरेको यातायातसम्बन्धी प्रदेश र संघ सरकारबीच रहेको समस्या समाधान गर्ने उद्देश्यसहित विशेष भेलामा उनीहरू जम्मा हुन लागेका हुन्। गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काका अनुसार भेलाले यातायातका सम्बन्धमा प्रदेश र संघ सरकारबीच देखा परेका समस्याको समाधान गर्न प्रदेश सरकारहरूले साझा धारणा तयार

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीद्वारा राजीनामा

जसपाले आफ्नो मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मंगलबार पाण्डेयले पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा...

२८ अर्बले बढ्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट २८ अर्ब बढेको छ। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयको बजेट आगामी वर्षलाई १ खर्ब ६३ अर्ब रूपैयाँ तोकेको छ। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३४ अर्ब रूपैयाँ बजेट पाएको थियो।

भौतिक पूर्वाधार र यातायातलाई डेढ खर्बको सिलिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि साढे एक खर्ब रुपैयाँबराबरको सिलिङ पाएको छ ।राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि १ खर्ब ४८ अर्बको बजेट सिलिङ पठाएको हो । यो रकम गत वर्षभन्दा ११ अर्ब रुपैयाँ बढी हो । अधिकांश मन्त्रालयहरुले चालू वर्षको भन्दा कम सिलिङ पाइरहेका बेला भौतिक पूर्वाधार र यातायातले […]