वाग्मती नदी किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई रु पाँच हजार जरिवाना

वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले रु पाँच हजार जरिवानासहित कारबाही गरेको छ । वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो । गत शनिबार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा केही घरधनी र पसलेले …

सम्बन्धित सामग्री

वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ।...

वाग्मती नदी किनारमा फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारवाही

उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी किनारस्थित आ–आफ्ना घर एवं कार्यालय अघि फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारवाही गरिएको छ ।काठमाडौँ महानगरपालिका–३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र  खगेन्द्र कुँवरलाई रु एक हजार गरी जम्मा रु छ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौँ महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अ

३९९औँ हप्तामा वाग्मती सफाइ महाअभियान

वाग्मती सफाइ महाअभियानको ३९९औँ हप्तामा तिनकुने वाग्मतीपुल क्षेत्रमा सफाइ गरिएको छ ।  सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइ महाअभियानका प्रमुख अभियानकर्मी नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतको सक्रियतामा सफाइ भएको हो ।           सफाइमा काठमाडौंँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकुका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन उपभोक्ता मञ्च, आलोकनगर समुदाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको पनि सफाइमा सक्रियता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिनुभयो ।           महानगरपालिका वातावरण व्यवस्थापन विभाग, अधिकार सम्पन्न वाग्मती समिति र वाग्मती अभियानकर्मीको संयुक्त प्रयासमा फोहर गर्नेलाई गत हप्तादेखि दण्ड जरिवाना स्वरुप शुल्क उठाउन शुरु गरिएकामा यो हप्ता रु तीन हजार ५०० जरिवाना गराइएको छ । राजधानीका सबै स्थानीय तहलाई जरिवाना गर्न अनुरोध गरिएको महाअभियानले जनाएको छ । आलोकनगर वाग्मती नदी किनारमा विहान बेलुका व्यायाम गर्न आउनेका लागि उद्यानको निर्माण गरिएको छ ।           अर्को शनिवार पुस २५ गते सफाइ महाअभियानको ४०० औँ हप्तामा मीनभवन क्षेत्रमै मुख्य कार्यक्रम गरिने भएको छ । कार्यक्रमका लागि महाअभियानले सबैमा निमन्त्रणा समेत गरेको छ । तीनकुने पुल क्षेत्रको वाग्मती किनारमा बिहान ८ बजेदेखि १० बजेसम्म मुख्य कार्यक्रम गरिने महाअभियानले जनाएको छ । त्यसै दिन उपत्यकाका अन्य छ स्थानमा पनि जनचेतनामूलक अभियानसहित सफाइ गरिने अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । मुख्य कार्यक्रममा भाग लिन नसक्नेले अन्य स्थानका कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।