लगानी बोर्डद्वारा हालसम्म ३२ ठूला पूर्वाधार परियोजनालाई करिब ११ खर्बको लगानी स्वीकृत

काठमाडौं। लगानी बोर्ड नेपालले हालसम्म ३२ ठूला पूर्वाधार परियोजनामा १० खर्ब ८९ अर्ब १२ करोड ८९ लाख बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डले चालु आर्थिक वर्षमा तीन विभिन्न ठूला पूर्वाधारका परियोजनामा ३८ अर्ब ६७ करोड ९१ लाख विदेशी लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ। ठूला पूर्वाधारमा हुने ठूलो लगानीले धेरै रोजगारी सृजना गर्ने जनाइएको छ।