बाढीमा बगेका दुई जना गाडीमा भेटिएनन्, बीच नदीमै छोडियो हाइलक्स

पर्वत : गएरातिको बाढीमा गाडीसहित बगेका मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड हेरिरहेका निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका दुई जना कर्मचारीको अवस्था अझैसम्म पनि अज्ञात नै छ।मङ्गलवार राती साढे १० बजेको समयमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले प्रदेश ३–०१–०२३–३६४२ नम्बरको हाइलक्स गाडी बगाएको थियो। रातीबाट नै सुरक्षाकर्मीले गाडी र बेपत्ता दुई जना साइड म्यानेजर राजाराम आचार्य र चालक इन्द्र चौधरीको खोजी गरेको थियो।लामो समयसम्म पनि उनी