१८ मेगावाट विद्युत् एक वर्षदेखि खेर - Naya Patrika

प्रसारण लाइनको अभावले दाङबाट १८ मेगावाट विद्युत् खेर गइरहेको छ । सरकारले मुलुकलाई लोडसेडिङमुक्त घोषणा गरे पनि कतिपय सर्वसाधारणले अघोषित विद्युत् कटौतीबाट सास्ती खेपिरहेका छन् भने अर्कोतर्फ १८ मेगावाट विद्युत् खेर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

२ अर्वको बिजुली खेर, लगानीकर्ता चिन्तित

झन्झटिलो सरकारी नियमका कारण ऊर्जा क्षेत्रमा संकट आउन थालेको भन्दै लगानीकर्तादेखि अन्य सरोकारवालाहरुले चिन्ता जनाएका छन् । वन तथा वातावरण मन्त्रालयले समयमा नै जग्गा स्वीकृत नदिनु, अन्य जग्गाको मुआब्जा विवाद लगायतका कारण कतिपय स्थान ६ वर्षदेखि प्रसारणलाईन निर्माण कार्य रोकिएका छन् । समयमा नै प्रसारण लाइन नबन्दा २ अर्वभन्दा बढीको बिजुली खेर जान थालेको भन्दै […]

बालबालिकालाई दिइने खोप अस्वाभाविक रूपमा खेर फालियो: महालेखा परीक्षकको  प्रतिवेदन

महालेखा नियन्त्रक कार्यालयले जारी गरेको ५९ औँ प्रतिवेदनमा खोप कार्यक्रम मितव्ययी र कुशल रूपमा सञ्चालन नभएको उल्लेख गरिएको छ । यस्तै, प्राप्त खोप अस्वाभाविक रूपमा खेर गएको पाइएको छ । खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्ने गत विगत वर्षदेखि औँल्याउँदै आए पनि यो वर्ष पनि सुधार नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।बी.सी.जी. खोप २० लाख ९५ हजार ३९८ मात्रा अर्थात् ७८.८ खेर गएको छ । यस्तै, पेन्टा डी.पी.टी. ४ लाख ६४ हजार १५२ मात्रा अर्थात् २२.२ प्रतिशत खोप खेर गएको छ भने दादुरा रुवेल

फिल्म नबन्दा अनमोलको चार महिनाको मिहिनेत खेर

२८ माघ, काठमाडौं । अभिनेता अनमोल केसी तीन वर्षदेखि ठूलो पर्दामा देखिएका छैनन् । ठूलो पर्दामा नदेखिएपनि अनमोलको चर्चा भने बजारमा सेलाएन । कोरोना महामारीको समयमा मिडियामा समेत खासै नदेखिएका अनमोलको चर्चा उनले काम गर्न लागेका चलचित्रका कारण नै बढी भयो । यसबीच उनले होम प्रोडक्सन र केही बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने खबर बाहिरियो […]

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

ताराखोला जलविद्युत् आयोजना  विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिए । “दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युतसम

निजी क्षेत्रसँग बिजुली खरिद गर्न बङ्गलादेश तयार

काठमाडौँ – नेपालमा उत्पादन भएको बिजुली आगामी वर्षदेखि बङ्गलादेशले खरिद गर्ने भएको छ। हाल खेर गइरहेको बिजुली बङ्गलादेशले खरिद गर्ने भएको हो। बिजुलीको बजार खोज्नुपर्ने बाध्यता आइपरेको बेलामा बङ्गलादेशबाट आएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ। यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन रूपमा विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत बङ्गलादेशले गृहकार्य अघि बढाउने जनाएको छ। नेपालमा बजार […]

शीतभण्डारको अभावमा डोल्पाका स्याउ खेर जाँदै

असोज २०, डोल्पा  । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् ।  उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिए । यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ ।  अघिल्लो आर्थिक वर्षमा ६ ओटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारओटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईओटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए । स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस) समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउँछन् । त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अंगुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए । उनीहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गरेका थिए । सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ । जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ । रासस

एग ट्रे बेचेरै २० लाख!

भरतपुर-खेर गइरहेका कागज प्रशोधन गरी भरतपुर–१६, रामचोकका दण्डपाणी भट्ट लाखौँ आम्दानी गर्न सफल भएका छन् । फालिएका कागज बटुलेर पुनः प्रयोग गर्ने काममा भट्ट १६ वर्षदेखि सक्रिय छन् ।चितवन ट्रे एन्ड प्याकेजिङ उद्योगका सञ्चालक भट्टले २८ जनालाई रोजगारीसमेत दिएका छन् । उद्योगमा कागज, कार्टुन, पुराना कापी तथा छापाखानाबाट निस्कने कागजका टुक्रालाई प्रशोधन गरेर एग ट्रे […]

बारीमा उत्पादित तरकारी खेर जाने चिन्तामा धनगढीका किसान

वैशाख २२, धनगढी । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् । महामारीका रूपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, फर्सीलगायतका विक्री गर्न नपाएरै खेर जान्छ कि भन्दै चिन्तित भएको व्यवसायी कृषक मुमताज गुप्ताले बताए ।  ‘विशेषगरी बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, रामजानकी सब्जीमन्डी र बजारका विभिन्न होटलमा विक्री गर्ने गर्थे’, उनले भने, ‘निषेधाज्ञाले बजार पूर्णरूपमा ठप्प भएपछि तरकारी बिक्री गर्न एकदमै मुस्किल भएको छ ।’ फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो मात्राको बिक्रीले व्यवसायमा केही हलचल नहुने उनको भनाइ छ । ‘दिनमा आठ/दश किलो तरकारी विक्री हुने गरेको भए पनि त्यो विक्रीले आफनो लगानीसमेत उठ्दैन ।’ उनका अनुसार निषेधाज्ञाअघि दिनमा पाँचदेखि आठ क्विन्टलसम्म तरकारी बजार जाने गर्दथ्यो । हिजोआजथोरै मात्राको विक्रीले बारीमा ठूलो परिमाणमा उत्पादन भएको तरकारी बजारमा बिक्री गर्न सकिने अवस्था नभएको उनले गुनासो गरे । ‘तरकारी बजार बिहान दुई÷तीन घण्टा त खुल्छ तर उक्त समय आफूलाई अनुकूल भइरहेको छैन’, उनले भने । अहिले बारीमा करीब ३० क्विन्टल पाकेको टमाटर, १० क्विन्टल जति भण्टालगायतका तरकारी विक्रीका लागि तयारी अवस्थामा छ तर कहाँ लगेर त्यो बिक्री गर्ने भन्ने उनलाई चिन्ता छ । ‘कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्मको जारी निषेधाज्ञा पुनः लम्बिएर वैशाख अन्तिमसम्म बढाइएपछि बन्दैबन्दले अब त जमीनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन’, उनले भने, ‘जमीनको भाडा कहाँबाट दिने र जहानपरिवार कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।’ उनले भने, ‘बन्द खुलञ्जेलसम्म त बारीको तरकारी खेर गई कामै नलाग्ने भइसक्छ ।’ गत वर्ष पनि लामो समयसम्मको लकडाउनका कारण उत्पादित तरकारी विक्री गर्न नपाएरै बारीमै कुहिएर लगानीसमेत उठ्न नसकेको उनले बताए । पाँच वर्षदेखि जमीन ठेक्कामा लिई व्यावसायिकरूपमा तरकारी खेती शुरु गरेका गुप्ताले वार्षिक रू. आठदेखि १० लाख जति फाइदा हुने गरेको बताए । उनले भने, ‘अघिल्ला वर्षमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गर्दथ्यो तर कोरानाका कारण गत वर्ष र यस वर्ष गरिएको बन्दाबन्दीले व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको छ ।’ रासस