विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्दा जनप्रतिनिधिबीच विवाद

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सिफारिस गर्ने विषयमा इलाम नगरपालिका वडा–७ का जनप्रतिनिधिबीच विवाद भएको छ...

सम्बन्धित सामग्री

प्रयोग भएन विद्यालय भवन

बूढीनन्दा नगरपालिका ४ को कुरुमा २०७३ सालमै निर्माण भएको दुईतले पक्की भवन प्रयोग गरिएको छैन। देवडाँडा माध्यमिक विद्यालयका लागि जिल्ला शिक्षा कार्यालयको ३२ लाख रुपियाँको लागतमा २०७३ सालमा सो भवन निर्माण गरिएको हो। विद्यालय प्रयोजनका लागि भवन निर्माण भए पनि प्रयोगमा नआउँदा स्थानीयवासीको घाँस राख्ने धनसार भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रङ्गवीर रोकायाका अनुसार भवन निर्माणका क्रममा एकलौटी भएको भन्दै स्थानीयवासीबीच विवाद हुँदा सञ्चालनमा ल्याउन कठिनाइ भएको हो। विवाद र भवनका सबै संरचना बन्न नसक्दा विद्यालयमा माध्यमिक तह चलाउने स्वीकृति प्राप्त हुन नसकेको बताइन्छ। यद्यपि आधारभूत तहका विद्यार्थी जीर्ण भवनमा पठनपाठन गरिरहेका छन्।

सरस्वतीमा माविमा हेडमास्टरको विवाद राजनीतिक उत्कर्षमा

धनगढी – सरस्वती माध्यमिक विद्यालयमा आधिकारिक हेडमास्टर को हो भन्ने विवाद राजनीतिक उत्कर्षमा पुगेको छ । गोदावरी नगरपालिकाको ११ नम्बर वडा कार्यालयले विद्यालय व्यवस्थापन समिति नै अबैध रहेको दावी गर्दै सो समिति खारेज गर्न नगरपालिकालाई सिफारिस गरेपछि सो घटना राजनीतिक रूप लिएका हो ।गोदावरी नगरपालिकाको कार्यालयका अनुसार वडा अध्यक्ष प्रेमसिंह बडैलाले गणेश साउँदको अध्यक्षतामा गठन […]

विज्ञानको ठाउँमा गणित शिक्षक ल्याउने समितिको निर्णयमा प्रधानाध्यापकको आपत्ति

जनकपुरधाम । सिरहाको कल्याणपुरमा ११ मा रहेको रामदुलारी माध्यमिक विद्यालयमा शिक्षक पदपूर्तिको विषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकबीच विवाद देखिएको छ । विद्यालयमा विज्ञान विषयको शिक्षक आवश्यक भएपनि गणित विषयको शिक्षकलाई सरुवा सहमति दिएर ल्याएपछि विवाद सिर्जना भएको छ । विद्यालय व्यवस्थापन समितिले धनुषाको रघुनाथपुरस्थित बरकुरवा माविका गणित शिक्षक रामदुलार यादवलाई सरुवा सहमति दिएर […]

विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप, १५ जना घाईते

सञ्जय कार्की, रौतहट । विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावक बन्न विद्यार्थी भर्ना गर्ने क्रममा विवाद हुँदा दुई पक्ष बीच झडप हुँदा १५ जना घाईते भएका छन् । स्थानीय माधवनारायण नगरपालिका–४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि अभिभावक बन्न बिद्यार्थी भर्ना गर्नुपर्ने भएकाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा माधव […]

व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।...

व्यवस्थापन समितिबाटै विद्यालयमा तालाबन्दी

सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–५, खनियाखर्कस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले अनिश्चितकालीन तालाबन्दी गरेको छ । विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद हुँदा विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घले मङ्गलबार अनिश्चितकालीन तालाबन्दी गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार विद्यालयमा कार्यरत प्रधानाध्यापक नवराज थापाले गत फागुनमा पदबाट राजीनामा दिएपछि विद्यालय व्यवस्थापन समितिले प्रअ नियुक्तिका लागि सहायक प्रधानाध्यापक रमेश वर्मालाई सिफारिस गरेको थियो । गाउँपालिकाले विद्यालयमा कार्यरतमध्ये वरिष्ठताका आधारमा शिक्षक सुमन कोइरालालाई प्रअ नियुक्त गरेपछि विवाद उत्पन्न हुँदा तालाबन्दी गरिएको हो । असार २७ गते उहाँको प्रअ नियुक्तिसँगै छ महिनादेखि रोकिएको शिक्षक तथा कर्मचारीले तलब खान पाएका थिए । उक्त वडाका अध्यक्ष बुद्धिबहादुर पाल्पाली भने विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिले बखेडा