बजेट घोषणाबाट थपिएका चार द्रुतमार्ग : एउटाको अध्ययन शुरू, अरूको कहिले हो कहिले

काठमाडौं । सडक पूर्वाधार निर्माण शुरू भएको दशकौंपछि सरकारले घोषणा गरेको पहिलो द्रुतमार्ग (फास्ट ट्र्याक) काठमाडौं–तराई द्रुतमार्ग निर्माणाधीन अवस्थामा छ । योबाहेक थप चारओटा द्रुतमार्ग बनाउने घोषणा चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत गरिएको छ । बजेटमा घोषणा गरिएका चार द्रुतमार्ग चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन, चितवन–रामपुर–बुटवल, चितवन–रामपुर–पोखरा र मिर्चैया–लुक्ला–सगरमाथा हुन् । तीमध्ये पहिलो चरणमा चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग अघि बढाउन लगानी बोर्ड नेपालले सम्भाव्यता अध्ययन अघि बढाएको छ । काठमाडौंबाट चितवन १ घण्टामै पुग्न सकिने गरी यो द्रुतमार्ग बनाउने सरकारको घोषणा छ । काठमाडौं–तराई द्रुतमार्ग सरकारले नै बनाए पनि अबका द्रुतमार्गमा निजीक्षेत्रलाई लगानीकर्ताका रूपमा अघि ल्याउने रणनीतिअनुरूप बोर्डले सम्भाव्यता अध्ययन अघि बढाएको हो । यो द्रुतमार्गको अध्ययन प्रतिवेदन १ महीनाभित्र तयार भइसक्ने बोर्डका अधिकारीले जानकारी दिए । अध्ययनपछि यो द्रुतमार्ग निर्माण सम्भव छ/छैन यकीन हुनेछ । यो वर्ष अध्ययन हुने र आगामी वर्ष कार्यान्वयनमा जाने गरी काम हुने ती अधिकारीको भनाइ छ । उनका अनुसार घोषणा भएका अन्य तीनओटा द्रुतमार्गमा अहिले काम हुने छैन । सरकारले दोस्रो चरणमा चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउने बताएको छ । मिर्चैया–लुक्ला–सगरमाथा द्रुतमार्गले तराई, पहाड र हिमाल जोड्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बजेटमा उल्लेख छ । तर, कतिपय पूर्वाधारविज्ञ घोषणाभन्दा पनि आवश्यकताका आधारमा ट्रेकिङ रूटहरू नमासिने गरी द्रुतमार्ग बनाउन सुझाव दिन्छन् । सडक विस्तार हुँदा चर्चित ट्रेकिङ रूट मासिएको अवस्थालाई पनि बेवास्ता गर्न नमिल्ने पूर्वसचिव तथा पूर्वाधारविज्ञ तुलसी सिटौला बताउँछन् । पछिल्लो बजेटमा घोषितमध्ये कतिपय द्रुतमार्ग व्यावहारिक नभएको भन्दै उनले थपे, ‘सरकारले बनाएका पूर्वाधारमा डुप्लिकेशन देखिँदै आएको छ । यसलाई पुन: दोहोर्‍याउने गरी द्रुतमार्ग बनाउनु हुँदैन । उनले उदाहरण दिँदै अगाडि भने, ‘चितवन–रामपुर–पोखरा द्रुतमार्ग र चितवन–रामपुर–बुटवल द्रुतमार्ग त्यति व्यावहारिक देखिँदैनन् किनभने चितवन–रामपुर–बुटवलका लागि महेन्द्र राजमार्गसम्म पुग्न अन्य सहायक राजमार्ग राम्रा बनेका छन् । चितवन–रामपुर–पोखराका लागि उत्तर–दक्षिण लोकमार्ग छ ।’ मिर्चैया–लुक्ला–सगरमाथा द्रुतमार्ग भने आवश्यक रहेको उनले बताए । उनले त्यसक्षेत्रमा पर्ने ट्रेकिङ रूट लुक्ला–स्याङ्बोचेसम्म द्रुतमार्ग बनाउन नहुने तर्क पनि गरे । द्रुतमार्गले गर्दा स्याङबोचे ट्रेकिङ रूट मासिने डर हुने भन्दै उनले ट्रेकिङ रूट नमासिने गरी द्रुतमार्ग बनाउन सुझाए । छिमेकी मुलुकहरूको तुलनामा नेपालमा सडक कम नै भएकाले द्रुतमार्ग बनाउन आवश्यक भएको उनले बताए । तर, जथाभावी सडक विस्तार गर्न नहुने उनको भनाइ छ । घोषणा भएका द्रुतमार्गको अध्ययन र लगानीका लागि प्रस्ताव गर्ने जिम्मा सरकारले बजेटमार्फत बोर्डलाई दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार यी द्रुतमार्ग मन्त्रालयसँग छलफल नै नगरी ल्याइएका परियोजना हुन् । ‘अहिले चितवन–मुग्लिङ सडक २ लेनमा विस्तार भइसकेको छ भने मुग्लिङदेखि नागढुंगासम्मको सडक विस्तारका लागि ठेक्का व्यवस्थापन भई काम भइरहेको छ,’ उनले भने, ‘तत्काल पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकलाई विस्तार र स्तरोन्नति गरेर काम गर्न सकिन्छ ।’ काठमाडौंबाट चितवन पुग्न ४ घण्टा लाग्छ । तर, १ घण्टामै चितवन पुग्न नसकिए पनि निर्माणाधीन नागढुंगा सुरुङमार्ग, नागढुंगा–मुग्लिङ सडक स्तरोन्नति र निर्माण भइसकेपछि यो दूरी साढे २ देखि ३ घण्टामा पूरा गर्न सकिने उनले बताए । आव २०७८/७९ मै मिर्चैया–सोलुखुम्बु सडक स्तरोन्नतिका लागि पनि मन्त्रालयले छुट्टै शीर्षक राखेर र कार्यालय स्थापना गरी काम अघि बढाएको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

समृद्धिको राजमार्ग बन्नसक्छ काठमाडौं-निजगढ द्रुतमार्ग

सेनाले थालेको द्रुतमार्ग निर्माणको काममा आलोचना भन्दा बढी हौसला दिनु आवश्यक छ । समृद्धि भित्र्याउने यो राजमार्ग समयमै सम्पन्न गर्न सके मुलुकले आत्मनिर्भरताको बाटो समाउन सक्छ ।

खोकना–बुझमती खण्डको विवादले द्रुतमार्ग निर्माण अनिश्चित

काठमाडौं, असोज २ । खोकना–बुझमती खण्डको विवादले द्रुतमार्ग निर्माण अनिश्चित भएको छ । प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारवाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको दिएको एक सातापछि नेपाली सेनाले द्रुतमार्ग आयोजनाको खोकना–बुझमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रीय तहबाट पहल […]

काठमाडौं-तराई/मधेस द्रुतमार्ग अनिश्चित

प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारवाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको दिएको एक सातापछि नेपाली सेनाले द्रुतमार्ग आयोजनाको खोकना-बुझमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रीय तहबाट पहल गरिनुपर्ने बताएको छ।समितिको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

काठमाडौं–तराई द्रुतमार्ग दुई वर्षमा सक्न चुनौतीपूर्ण

खोकनाखण्डको विवाद र अन्य व्यवधान रहे द्रुतमार्ग निर्माण चुनौतीपूर्ण : सेना काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणका लागि हालसम्म ३७ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, खोकनाखण्डको मुआब्जा विवाद समाधान...

काठमाडौँबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौँ–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।  ‘काठमाडौँदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण […]

चितवनबाट काठमाडौं एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने

काठमाडाैं : सरकारले चितवनबाट देशको केन्द्रीय राजधानी काठमाडौं एक घण्टमा नै पुग्ने द्रुतमार्ग निर्माण गर्ने भएको छ।सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण गर्दै चितवनबाट मकवानपुर हुँदै काठमाडौं पुग्ने द्रुतमार्ग निर्माण गर्ने जनाएका हुन्।उनले चन्द्रागिरी–चित्लाङ–पालङु–चितवन द्रुतमार्ग निर्माण गरिने घोषणा गरेका छन्।अर्थमन्त्री शर्माले चितवन–पोखरा द्रुतमार्ग पनि निर्माण गरिने बताएका छन्। उनले यी द्रुतमार्ग निर्माण गर्न नीजि क्षेत्रलाई

काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने

काठमाडौं, १५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग नीजि क्षेत्रको लगानीमा […]

३ द्रुतमार्ग निर्माण गर्ने सरकारको घोषणा

काठमाडौँ- सरकारले ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । चितवनलाई केन्द्रमा राखेर सरकारले ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको हो। आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै द्रतमार्ग निर्माण गर्ने बताएका हुन्। उनले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरेका हुन् । […]

काठमाडौँ–चितवन द्रुतमार्ग निर्माण गर्ने सरकारको घोषणा

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौँ–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। ‘काठमाडौँदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न […]

निर्धारित समयमै द्रुतमार्ग बन्ने

काठमाडौँ–तराई/मधेस  द्रुतमार्गको निर्माण निर्धारित समयमा नै सम्पन्न गर्ने घोषणा गरिएको  छ  ।  द्रुतमार्ग  निर्माण  व्यवस्थापनको  जिम्मा  पाएको  नेपाली  सेनाले  आर्थिक  वर्ष  २०८०/८१  भित्र  द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेको हो । द्रुतमार्ग र सेनाको कल्याणकारी योजना निर्देशनालयको वार्षिक प्रगति सार्वजनिक गर्न शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक सहायक रथी