एउटा मात्र अन्तर्राष्ट्रिय विमान सेवाले धानेको गौतम बुद्ध विमानस्थल

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ । पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा यो विमानस्थलमा जजिरा एयरलाइन्सबाहेक अरु कुनै पनि विमान सेवाले अहिलेसम्म व्यावसायिक उडान सुरु गर्न सकेका छैनन् ।२०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि यो विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो । तर, अहिलेसम्म एउटा एयरलाइन्सले मात्र सेवा सुरु गरेका कारण विमानस्थलको व्यवस