जसपा जन्जालको भित्री रहस्य : महन्थ ठाकुरलाई ‘शक्तिशाली’ बनाउने उपेन्द्र सहितको त्यो निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन उन्मुख भएको अवस्थामा दलको आधिकारिकता दाबी सम्बन्धी विषय निर्वाचन आयोगमा पुगेको छ । २ पक्षमा विभाजित भएर २ छुट्टाछुट्टै पार्टी कार्यालयमा बैठक सञ्चालन गरिरहेका जसपाका २ पक्षले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । पूर्व समाजवादी पार्टी (सपा) पक्षको नेतृत्व गर्ने अध्यक्ष उपेन्द्र यादवले बालकुमारीमा विगत केही महिनादेखि जसपाको पार्टी कार्यालय सञ्चालन गरिरहेका छन् भने पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) पक्षको नेतृत्व गर्ने अध्यक्ष महन्थ ठाकुरले बबरमहलमा जसपाको पार्टी कार्यालय स...