मध्यरातमा नयाँ बानेश्वरस्थित संसद भवनअघि सिलिन्डर विस्फोट

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शुक्रबार राती २ बजे सिलिण्डरलाई आगो लगाएर विस्फोट गराइएको छ। यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार एक जना व्यक्तीले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन्। विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन। तर घटनास्थल आसपासमा केही पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ।