साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपालले दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको हो। दुई गोल खाएपछि नेपाल निकै दवावमा देखिएको छ। सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो । दशरथ रंगशालामा भएको नेपाल र बंगलादेश बीचको खेल तस्बिरमा हेर्नुहोस्ः
काठमाडौं : नेपाली महिला फुटबल टोली र बंगलादेशबीच आज जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी…
काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि जित निकाल्यो। दशरथ रंगशालामा पहिलो पटक खेलेको नेपाली टोलीले बंगलादेशमाथि जित निकाल्दा पहिलो हाफमा नेपाल हावी भएको थियो भने दोस्रो हाफमा बंगलादेश हावी भएको थियो।
खेलपछि प्रतिकृया दिँदै नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले प्रतिस्पर्धात्मक खेल भएको र…
काठमाडाैं : दशरथ रंगशालामा जारी त्रिदेशीय फुटबल कपअन्तर्गत फाइनलमा पहिलो हाफ सकिँदा नेपाल बंगलादेशविरुद्ध २–० ले अघि छ। साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका छन्। त्यस्तै पहिलो हाफ सकिन ३ मिनेट बाँकी छँदा नेपालका लागि विशाल राईले दोस्रो गोल गरेका थिए। नेपालले यस प्रतियोगितामा भएका तीन खेलमा जित निकाल्न सकेको छैन। बराबरी गर्दै नेपाल फाइनलसम्म पुगेको हो। यसअघि किर्गिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपाल गोलरहित बराबरीमा रोकिएको