व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जहिलेसुकै संशोधन गर्न सकिने

२८ वैशाख, काठमाडौं । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जहिलेसुकै संशोधन गर्न सकिने गरी कानुन बनाउन लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ । यसलाई बदलेर जहिले सुकै सच्याउन सकिने गरी सरकारले […]

सम्बन्धित सामग्री

अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता

अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सकिने भएको छ ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।   व्यक्तिगत घटना दर्तालाई वडा स्तरबाटै विद्युतीय प्रणालीमार्फत पञ्जीकरण हुने व्यवस्था मिलाइने उनले बताए...

कावासोतीमा व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण

नवलपरासी पूर्व ( नवलपुरको ) कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने कामको थालनी गरेको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना अन्तर्गत अनलाइन अभिलेखीकरण गर्ने कामको थालनी गरिएको हो । नगरपालिका हुनु अघि कावासोतीमा गाभिएका साविकका पाँच वटा गाविस कावासोती , शिवमन्दिर , पिठौली , कुमारवर्ती र अग्यौली गाविसमा कागज ( ढड्डामा ) अभिलेखीकरण भएका पुराना व्यक्तिगत घटनालाई डिजिटाइजेसन गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले जानकारी दिनुभयो । २०४० सालदेखि ढड्डामा रहेका अभिलेखलाई अनलाईनमा अभिलेखीकरण गरिएको छ । जन्म , मृत्यु , बसाईंसराई , विवाहदर्ता लगायतका पुराना व्यक्तिगत घटनाका बारेमा जानकारी चाहिएमा अब कावासोती नगरवासीले नागरिकता नम्बर र घटना दर्ताको मिति मिलाएको खण्डमा तुरुन्तै फेला पार्न सकिने पुनले बताउनुभयो ।