मोरङ, २१ फागुन । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई […]
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ।
१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडा भित्रका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच बुधबार एक सम्झौता भएको छ । जसअनुसार महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकले छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराउने सबै स्वास्थ्य सेवा निःशुल्क पाउने मेयर बालेन शाहले बताए । उक्त […]
काठमाडौँ,१५ कार्तिक । नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित भएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि खुसी भएकि छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । सोही वडाकै ७८ वर्षीय रोशन सिंहलाई पनि […]
भुवन कार्कीज्येष्ठ नागरिकको स्वास्थ्य सेवाको लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिन थालेको छ । नगरप्रमुख विमला अर्यालका अनुसार स्वास्थ्य संस्थामा जान नसकेका तथा दीर्घ रोगी ज्येष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्यकर्मीले सेवा दिन थालिएको हो । नगरपालिकाले ७० वर्ष भन्दामाथि उमेरका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि उपचार गरिरहेको सुनवल नगरप्रमुख अर्यालले जानकारी दिइन् । सुनवल नगरपालिकाभित्र १३ वटा वडाहरू रहेका छन् । नगर
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षणदेखि चाडपर्व मनाउने खर्चसमेत वितरण गर्न लागिएको जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकलाई वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने र …
काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा आज पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षणदेखि चाडपर्व मनाउने खर्चसमेत वितरण गर्न लागिएको जानकारी दिए । “ज्येष्ठ नागरिकलाई वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने र […]
सल्यान : छत्रेश्वरी गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यजाँच गर्न थालेको छ। स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा ज्येष्ठ नागरिक उपचारबाट वञ्चित भएको भन्दै गाउँपालिकाले घरमै पुगेर उपचार गर्ने व्यवस्था गरेको हो। अहिलेसम्म ८० वर्षमाथिका १२४ ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिक आफै उपचारका लागि बाहिर जान नसक्ने भएकाले ज्येष्ठ नागरिककै घरघरमा पुगेर उपचार सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी