हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण […]
गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । वडा, पालिका र जिल्ला भेला तथा अधिवेशनको सहजीकरण गर्न रास्वपाले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् । अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो धारणा राखे । एपीजीका प्रतिनिधिसँगको […]