लोकप्रिय बन्दै राष्ट्रिय सेवा दल

“अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो” भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न सफल भएको संस्था हो । यसले असल नागरिक र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम कर्णधार तयार गर्ने लक्ष्य बोकेको अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था पनि हो । एनसिसी नेपालको स्थापना विसं २०२२ सालमा भएको हो । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको अभिभावकका रूपमा रहनाले पनि यसको गरिमा तथा महत्व पनि उत्तिकै छ ।