काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा प्रदर्शन जारी राखेको छ । सरकारले एमसीसी संसद्मा टेबुल गरेपछि यसको विरोधमा आन्दोलन र प्रदर्शन जारी छ । अखिल क्रान्तिकारीले आज पनि काठमाडौंमा जुलुश तथा प्रदर्शन गरेको थियो । अपरान्ह जुलुश प्रदर्शन गरेको उक्त संगठनले साँझमा भने मशाल जुलुश निकालेको […]