काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपीमा)मा बाग्मती प्रदेशको सबै भन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । नेपालको अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा भने कर्णाली प्रदेशको रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत अर्थात् १ खर्ब ९८ अर्ब मात्रै योगदान हुने तथ्यांक रहेको छ […]