निर्वाचन आयोगको निर्णय : प्रचण्ड–माधव हारेको ईश्वर पोखरेलको निष्कर्ष

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय र पार्टीको भविष्यबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । मंगलबार फेसबुकमा लामो टिप्पणी लेख्दै उनले माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम अराजक, चरम गुटबन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुन पुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको उल्लेख गरेका छन् ।निर्वाचन आयोगले आफ्नो फैसलामार्फत तत्कालीन नेकपा (एमाले) र