बागमती प्रदेश लोक सेवा : प्राविधिक पदहरूको अन्तर्वार्ता मिति सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक भइसकेका विभिन्न पदहरूको अन्तर्वार्ताको मिति सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

बागमती प्रदेश लोक सेवा आयोगले माग्यो ११ सय कर्मचारी, स्वास्थ्यका कति?

विज्ञापनमा स्वास्थ्यतर्फ पनि ठुलो संख्यामा कर्मचारी माग गरिएको छ। स्वास्थ्यमा नर्स, फार्मेसी सहायक लगाएतका पदमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।

बागमती प्रदेश लोक सेवा आयोगले संशोधित विज्ञापन गर्ने

२० कात्तिक, काठमाडौं । बगमतीको प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को लागि संशोधित विज्ञापन गर्ने भएको छ । आयोगले पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका संशोधन भएकोले संशोधित विज्ञापन बमोजिम पछि विज्ञापन गर्ने भएको छ । आयोगले सूचना प्रकाशित गर्दै पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका विशेष करणबस संशोधन भएकोले संशोधिन कार्यतालिका बमोजिमपछि विज्ञापन प्रकाशन हुने जानकारी […]

बागमती प्रदेश लोक सेवा आयोगको विज्ञापन सच्याउन आग्रह

बागमती प्रदेश लोक सेवा आयोगले निकालेको पशु चिकित्सकको विज्ञापनप्रति नेपाल भेटेनरी एसोसिएसनले ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनका अध्यक्ष डा.सितलकाजी श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न ७ वटा स्थानीय तहमा “पशु चिकित्सक” अधिकृत छैठौं तहको स्थायी पदपूर्तिका लागि एक तहमाथिको आवश्यक न्यूनतम शैक्षिक योग्यता राखी सूचना प्रकाशित गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।  प्रमाणपत्र तह विज्ञान विषयमा उत्तीर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा ५ बर्षको अध्ययन

बागमती प्रदेश लोक सेवा आयोगको विज्ञापनप्रति भेटेरिनरी एशोसिएसनको आपत्ति

१७ माघ, काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले यही माघ १० गते प्रदेशका विभिन्न ७ वटा स्थानीय तहमा स्थायी पदपूर्तीको लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको विज्ञापन खुलाएको थियो । […]

अधिकृत छैटौंको सिट घटाएपछि बागमती प्रदेश लोक सेवा आयोगविरुद्ध सर्वाेच्चमा रिट

बागमती प्रदेश अधिकृत छैटौं सामान्य प्रशासन समूहको विज्ञापन खुलाएर प्रथम चरणको नतिजा प्रकाशन भइसकेपछि सिट संख्या घटाएकोमा आपत्ति जनाउँदै बागमती प्रदेश लोक सेवा आयोगविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । मर्का परेका परीक्षार्थीका तर्फबाट अधिवक्ता कृष्णसिंह महराले सर्वाेच्चमा रिट दायर गरेका हुन् । गत माघ १२ गते आयोगले खोलेको विज्ञापनमा साउन १७ गते सिट संख्या खुलामा ४४ बाट १८ र महिलामा ११ बाट ७ जना कायम गरिएको छ ।  प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा २३ र २६ विपरीत सिट घटाएको निर्णयविरुद्ध सर्वोच्च अदाल...

बागमती प्रदेश लोक सेवा : सहायक महिला विकास निरीक्षकको नतिजा सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले सहायक महिला विकास निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

बागमती प्रदेश लोक सेवा : असिस्टेन्ट सब-इन्जिनियरको नतिजा सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले असिस्टेन्ट सब-इन्जिनियरको नतिजा सार्वजनिक गरेको छ । २०७७ माघ १९ गते लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । लिखित परीक्षामा चार हजार सात सय ७५ जना सहभागी भएकोमा ११७ जना उत्तीर्ण भएका छन् । परीक्षाको मिति र स्थान भने पछि प्रकाशित गरिने आयोगले जानकारी दिएको छ । […]

बागमती प्रदेश लोक सेवा : अधिकृत छैटौँ तहको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगको अधिकृत छैटौँ तह प्रथम चरणका लागि लिएको परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७७ चैत १४ गते लइएको परीक्षाको नतिजा जेठ २९ गते शनिवार प्रकाशित भएको हो । प्रथम चरणको लिखित परीक्षामा २०१९ जना सम्मिलित भएकोमा १६८४ जना उत्तीर्ण भएका छन् । यस्तो छ नतिजा नामावली : प्रशासन […]