दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउँदै किसान

गलकोट– बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरूले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपालिका […]

सम्बन्धित सामग्री

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

नेपालगञ्ज- बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन्। नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए। उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ। ‘भारतीय दूध बिना रोकतोक आएपछि […]

दूध बिक्री नभएपछि किसान चिन्तित

गोरखा, १४ मङ्सिर । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिए […]

किसानलाई दूधको भुक्तानी बाँकी

काठमाडौं । दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । काभ्रेका किसान रामप्रसाद सापकोटाले दुुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताउनुभयो । ‘घरखर्चदेखि बच्चाबच्ची […]

छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङलुङ  – गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ। किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन्। घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन्। किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन्। गाउँमा छुर्पी उद्योग सुरु […]

सिन्धुलीमा डेरी उद्योग स्थापना भएसँगै किसान र ग्राहक लाभान्वित

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायतका शहर उन्मुख क्षेत्रमा दही र दूध बिक्री वितरणका लागि स्थापना भएका डेरी उद्योगहरुले किसान र ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पुगेकाे छ । ग्राहकहरुको मागलाई पूर्ति गराउने मुख्य उदेश्यले दूध, दही, घ्यू र छुर्पी लगायतका दुग्धजन्य मिठाई उत्पादन र बिक्री वितरणका लागि सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडी लगायतका आसपासका क्षेत्रमा दुई दर्जन […]

दूधको मूल्य वृद्धि एक सातासम्म कार्यान्वयन भएन, किसान मारमा

नेपाल सरकारले दूधको मूल्य बढाउने निर्णय गरे पनि कार्यान्वय नहुँदा किसान मारमा परेका छन्। निर्णय कार्यान्वय नहुँदा किसानहरुले पुरानै मूल्यमा दूध बिक्री गर्न बाध्य छन्।...

दूधमा अनुदान पाएपछि किसान उत्साहित

डेरीमा दूध बिक्री गर्दा पाउने मूल्यमा थप अनुदान रकम पाउने भएपछि सिन्धुपाल्चोक कुविण्डेका किसान उत्साहित भएका छन् ।डेरीमा फ्याटको आधारमा पाउने मूल्यमा प्रतिलिटर ७ रुपैयाँ जोडेर आउन थालेपछि किसान उत्साहित भएका हुन् । यहाँका किसानले सहकारीमार्फत दूध बिक्री गरेवापत डीडीसीको दररेट भन्दा ७ रुपैयाँ थप रकम पाउने गरेकी स्थानिय लक्ष्मी सापकोटाले बताइन् ।“डेरीमा दूध बिक्री […]

दूध बिक्री नभएपछि पर्वतका कृषक चिन्तित

पर्वतको फलेवास नगरपालिकाका किसान दूध बिक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध बिक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करिव एक हजार ५ सय जना कृषकहरु सहकारीमा आवद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरुले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका छन् । दूध […]

निषेधाज्ञाले रोक्यो दूध बिक्री

सल्यान । सल्यानका पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले झन्डै डेढ महिनादेखि जारी गरेको निषेधाज्ञाका कारण दूध बिक्री हुन नसकेको हो । दूध बिक्री नभएपछि पशुपालन तथा दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसान बढी मर्कामा परेका छन् । दुग्ध व्यवसायीले दूध खरिद कम गरेपछि व्यवस्थापन गर्न समस्या भएको किसानको भनाइ छ । कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसान निकै मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ । दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले घाटा लागिरहेको त्रिवेणी गाउँपालिका–६ लुहामका किसान कृष्णकुमार रेउलेले बताए । ‘अहिले निषेधाज्ञा छ । गाईलाई दूध नदेऊ भन्ने कुरै भएन । तर, दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ,’ उनले भने । ६ वर्षदेखि कृष्ण गाई फार्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटरभन्दा बढी उत्पादित दूधले बजार नपाएको गुनासो गरे । ‘२० वटा गाईबाट बिहान–साँझको दूध १ सय २० लिटरभन्दा बढी हुन्छ । पहिले डेरी खुला थिए र लिन्थे तर आजभोलि निषेधाज्ञाले दूध नै बिक्री भएको छैन,’ उनले भने । निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई वस्तुभाउलाई खुवाउने दाना ल्याउनसमेत समस्या भइरहेको रेउलेले  बताए । ‘दाना ल्याउन दाङ जाँदा पास नभएको भन्दै प्रहरीले बीच बाटोबाटै फर्काइदियो’, उनले भने ।  निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा समस्या भएको सिद्ध कुमाख गाउँपालिका–१ पटोरका किसान राजेशकुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन भए पनि आफ्नो साधन नहुँदा डेरीसम्म पुर्‍याउन सास्ती भोग्नु परेको उनको गुनासो छ । ‘निषेधाज्ञाअघि दूध बिक्रीबाट मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले आम्दानी घटेको उनले जानकारी दिए ।

दुग्ध क्षेत्रमा कोभिडको असर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले बिक्री नहुँदा दुग्ध क्षेत्रमा पनि ठूलो असर पारेको छ । निषेधाज्ञाका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा बजारमा दूधको खपत कम हुँदा किसानको दूध बिक्री हुन सकेको छैन । दूध बिक्री नहुँदा किसान र उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर परेको छ […]