कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

काठमाडौं । कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग नाडाले माग गरेको छ । नाडाले सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शो रुम तथ