निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ।
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढंगबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो।
काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै कार हात पारेका छन्। लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो। लुम्बिनीको सफलतामा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो। उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे। नेपालको तर्फबाट उनी सर्वाधिक रनकर्ता पनि […]
मुस्ताङ। मुस्ताङको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ। आव २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो। भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर […]