आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौँ । आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै छ । बैठक मङ्गलवार (आज) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार बस्ने नेकपा माओवादी केन्द्रले जनाएको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।