नेसन्स लिग : इङ्ग्ल्यान्ड र इटली तथा जर्मनी र हङ्गेरीले बराबरी खेले

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड र इटली तथा जर्मरी र हङ्गेरीले बराबरी खेलेका छन् । समूह चरण अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र इटलीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका हुन् । यो बराबरीसँगै लिग ‘ए’ समूह ३ को इटली ३ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा छ। इङ्ग्ल्यान्डले ३ खेलमा २ अङ्क जोडेको छ । इङ्ग्ल्यान्ड पुछारमा रहेको छ । त्यस्तै, जर्मनी र हङ्गेरीले एक/एक गोलको बराबरी खेलेका छन् । खेलको छैटौँ मिनेटमा सोल्ट नागीले गोल गर्दै हङ्गेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, जर्मनीका जोनास...