गाउँघर फेरिए पनि परदेशीको मन फेरिएको छैन, गाउँ जति प्यारो संसारको कुनै ठाउँ लाग्दैन

रमेश क्षत्री पोखरा/हाल सिसेल्स । अहिले परदेशमा छु । तर यो मन भने जति बेला पनि गाउँघरमै डुलिरहन्छ । केही कुन यादले सताउँछ त कहिले कुन । बेला बेला त बालापनको सम्झनाले मन नै गाँठो पर्छ । आज म त्यो बालापन सम्झिरहेको छु जति बेला स्कुलको बर्खे बिदा हुन्थ्यो । बर्खे बिदाको समयमा गाउँघरका केटाकेटीदेखि बुढापाकासम्म गाईबस्तु लिएर जङ्गल निस्कन्थ्यौ । मेरो गाउँ नजिकैको गुर्धुम साहुले पानी महबिरको खोलासँगै बिसाउनाको चौपारी । कहिले जोल्ठे चिलाउने त कहिले छापडाँडाको सेरोफेरो । सम्झँदा पनि मनै फुरुङ्ग हुन्छ । जहाँबाट पोख...

सम्बन्धित सामग्री