१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि ४८ वटा नारा तय गरेको छ । केन्द्रीय मुख्यालय पेरिडाडाबाट जारी ८१ पृष्ठको घोषणापत्रमा आगामी सरकार माओवादी केन्द्रको नेतृत्वमा बन्नेसहितका नाराहरु समेटिएका छन् । माओवादी केन्द्रले चुनावी प्रतिबद्धताका हरेक शीर्षकको सारांश नारामा प्रस्तुत गरेको छ । अर्थात् घोषणापत्रमा माओवादी केन्द्रले ४८ क्षेत्रलाई सम्बोधन गरेको छ […]